जापानमा १०० वर्ष उमेर कटेका व्यक्तिहरुको संख्या करिब एक लाख पुगेको घोषणा

जापानमा १०० वर्ष उमेर कटेका व्यक्तिहरुको संख्या करिब एक लाख पुगेको घोषणा : Icon Khabar

जापान, असोज ३ । जापान सरकारले देशमा सय वर्ष वा सो भन्दा बढी उमेर पुगेका व्यक्तिहरुको संख्या करिब एक लाख पुगेको जनाएको छ। जुन आफैंमा एउटा रेकर्ड हो।

लगातार ५५औँ वर्ष नयाँ रेकर्ड कायम भएको हो। स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार सेप्टेम्बर महिनामा जापानमा ९९,७६३ जना सय वर्ष उमेर पार गरेकाहरु छन्

यसमा महिलाको संख्या ८८ प्रतिशत छ। स्वास्थ्य मन्त्री ताकामारो फुकुओकाले ८७,७८४ जना महिला र ११,९७९ जना पुरुषलाई लामो आयु प्राप्त गरेकोमा बधाई दिएका छन्। साथै, उनले ‘समाजको विकासमा उनीहरूले पुर्‍याएको योगदानप्रति कृतज्ञता’ प्रकट गरेका छन्।

विश्वमै सबैभन्दा लामो औसत आयु पाउने देश जापान हो। यसलाई प्रायः ‘सबैभन्दा धेरै वृद्ध मानिस बाँच्ने देश’ भनेर पनि चिनिन्छ।

जापानमा सबैभन्दा वृद्ध व्यक्तिमा नारा सहर नजिक यामातोकोरियामा बस्ने ११४ वर्षीया शिगेको कागावा हुन्। सबैभन्दा वृद्ध पुरुष भने इवाता सहरका १११ वर्षीय कियोताका मिजुनो हुन्।

यी तथ्यांकहरू प्रत्येक वर्ष सेप्टेम्बर १५ मा मनाइने ‘वृद्धजन दिवस’मा सार्वजनिक गरिन्छन्। सो दिन राष्ट्रिय बिदा हुन्छ र १०० वर्ष पूरा गर्ने नयाँ व्यक्तिहरूलाई प्रधानमन्त्रीको तर्फबाट बधाईपत्र र चाँदीको कप प्रदान गरिन्छ। यस वर्ष ५२,३१० जना यसका पात्र बनेका छन्।

सन् १९६३ मा पहिलोपटक सरकारले शतक कटेकाको तथ्यांक सङ्कलन गर्दा त्यस्तो संख्या जम्मा १५३ थियो। सन् १९८१ सम्म आइपुग्दा एक हजार र १९९८ सम्म १० हजार पुगेको थियो। आज यो संख्या एक लाख नजिक पुगेको छ।

किन लामो बाँच्छन् जापानी?

जापानमा मोटोपन अत्यन्त कम छ, जुन मुटुका रोग र केही प्रकारका क्यान्सर (जस्तै स्तन र प्रोस्टेट क्यान्सर) को मुख्य कारण मानिन्छ।

त्यसैले यहाँ ती रोगका कारण हुने मृत्यु कम देखिन्छ। जापानी खानपानमा कम रातो मासु र बढी माछा–तरकारी प्रयोग हुन्छ। यसले पनि दीर्घायुमा भूमिका खेलेको छ।

जापानी महिलामा मोटोपनको दर झन् कम छ, जसले उनीहरूको आयु पुरुषको तुलनामा बढी हुनुको कारण व्याख्या गर्छ।

साथै, जापानी समाजमा ग्रुप एक्सरसाइजको संस्कृति पुरानै छ। सन् १९२८ देखि रेडियोमार्फत सुरू गरिएको ‘रेडियो ताइस्सो’ नामक दैनिक तीन मिनेटको व्यायाम आजसम्म निरन्तर अभ्यास हुँदै आएको छ। यसले सामुदायिक भावना र सार्वजनिक स्वास्थ्य दुवैलाई मजबुत बनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 19 September 2025
Website | + posts


ताजा
फिक्स योर साइकल: माउन्टेन बाइक मर्मत तालिमको पहिलो संस्करण सम्पन्न
जापानमा १०० वर्ष उमेर कटेका व्यक्तिहरुको संख्या करिब एक लाख पुगेको घोषणा
रूस र इन्डोनेसियामा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामी आउने चेतावनी
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटेपनि नेपालमा किन बढ्यो ?


ट्रेन्डिङ
भक्तपुर मोडर्नमा मतदान र खाद्य प्रदर्शनी सम्पन्न
राजु कर्माचार्यको आफ्नै शब्द, संगीत र स्वरमा सजिएको नयाँ गीत “आफ्नो मान्छे” सार्वजनिक
सुनको मूल्यले रेकर्ड बनाउने क्रम जारी, चाँदी भने सामान्य घट्यो
नगरकोट र काभ्रे मण्डनदेउपुर : हरियाली, वर्षा र ट्राउट माछापालनले नयाँ सम्भावना (फोटो फिचर)