अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटेपनि नेपालमा किन बढ्यो ?

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटेपनि नेपालमा किन बढ्यो ? : Icon Khabar

काठमाडौँ, असोज ३ । स्थानिय बजारमा आज सुनको मूल्य बढेको छ । अघिल्लो दिन घटेको सुनको भाउ आज भने बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ८ सय रुपैयाँले बढ्यो । यससँगै आज प्रतितोला २ लाख १६ हजार रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन भने सुनको मूल्य ९ हजार रुपैयाँले घटेको थियो । उक्त दिन सुनको कारोबार प्रतितोला २ लाख १५ हजार २ सय रुपैयाँमा भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज ६० रुपैयाँले घट्दै प्रतितोला २ हजार ५८० रुपैयाँमा कारोबार भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 19 September 2025
Website | + posts