अरनिको राजमार्गको समस्या दीर्घकालीन रूपमा समाधान गर्न माग

अरनिको राजमार्गको समस्या दीर्घकालीन रूपमा समाधान गर्न माग : Icon Khabar

काठमाडौं, असोज १ । अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ कोदारी इको भन्ने स्थानमा रहेको समस्या दीर्घकालीन रूपमा समाधान गर्न सरोकारवालाहरूले माग गरेका छन् ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङसँग सरोकारवालाहरूले यस्तो माग गरेका हुन् । वडाध्यक्ष कुमार श्रेष्ठको टोलीले मन्त्री घिसिङसँग भेट्दै हरेक वर्ष दशैंको मुखमा व्यापारी र यात्रु यो सडकका कारण मर्कामा परेको गुनासो गरेको छ ।

यो सडकमा हुने सास्तीले तातोपानी नाका हुँदै हुने नेपाल–चीन व्यापार प्रभावित हुने गरेको छ । साथै कैलाश मानसरोवर जाने पर्यटकले समेत सास्ती भोगिरहेका छन् ।

यो सडकको समस्या दीर्घकालीन रूपमा समाधान गरी दिगो यातायात सञ्चालनको वातावरण बनाउन माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 17 September 2025
Website | + posts
ताजा
वैदेशिक अध्ययनमा नेपालबाट बाहिरियो ४२ अर्ब ९६ करोड
मंगलबार नेप्से परिसूचक १८.३७ अंकले बढ्यो
भारतमा कुहिरोका कारण ११ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब अमेरिकी डलर क्षतिपूर्तिको मागसहित मुद्दा दायर


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न