अरनिको राजमार्गको समस्या दीर्घकालीन रूपमा समाधान गर्न माग

अरनिको राजमार्गको समस्या दीर्घकालीन रूपमा समाधान गर्न माग : Icon Khabar

काठमाडौं, असोज १ । अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ कोदारी इको भन्ने स्थानमा रहेको समस्या दीर्घकालीन रूपमा समाधान गर्न सरोकारवालाहरूले माग गरेका छन् ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङसँग सरोकारवालाहरूले यस्तो माग गरेका हुन् । वडाध्यक्ष कुमार श्रेष्ठको टोलीले मन्त्री घिसिङसँग भेट्दै हरेक वर्ष दशैंको मुखमा व्यापारी र यात्रु यो सडकका कारण मर्कामा परेको गुनासो गरेको छ ।

यो सडकमा हुने सास्तीले तातोपानी नाका हुँदै हुने नेपाल–चीन व्यापार प्रभावित हुने गरेको छ । साथै कैलाश मानसरोवर जाने पर्यटकले समेत सास्ती भोगिरहेका छन् ।

यो सडकको समस्या दीर्घकालीन रूपमा समाधान गरी दिगो यातायात सञ्चालनको वातावरण बनाउन माग गरिएको छ ।

Published Date: 17 September 2025


ताजा
सूर्यविनायकको आर्गस एजुकेशन भक्तपुरमा सिथि नखः विशेष कार्यक्रम सम्पन्न
मोडर्न स्कूल/कलेजमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न
हुम्लामा भूकम्पको धक्का महसुस
भक्तपुरमा आयोजित योग दिवस कार्यक्रममा टिसर्ट विवाद : पाँचतल्ले मन्दिर ‘चार तल्ला’ बनाइयो


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी