जेन–जी प्रदर्शनका क्रममा ज्यान गुमाउने संख्या ७२ पुग्यो

जेन–जी प्रदर्शनका क्रममा ज्यान गुमाउने संख्या ७२ पुग्यो : Icon Khabar

काठमाडौं, भदौ २९ । गत भदौ २३ तथा २४ गते भएको जेन–जी प्रदर्शनका क्रममा ज्यान गुमाउने संख्या ७२ पुगेको जानकारी प्राप्त भएको छ ।

आइतवार बिहान सिंहदवारमा आयोजित प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण कार्यक्रममा मुख्य सचिव एकनारायण अर्यालले मृतकहरुको पछिल्लो संख्याका बारेमा जानकारी गराएका हुन् ।

आन्दोलनमा परि हालसम्म ५९ जना प्रदर्शनकारी, १० जना कैदीबन्दी तथा तीन जना सुरक्षाकर्मी कुल ७२ जनाले ज्यान गुमाएका हुन् ।
मुख्य सचिव अर्यालका अनुसार प्रदर्शनका क्रममा १ सय ३४ जना प्रदर्शनकारी तथा ५७ जना प्रहरी घाइते भएका छन् ।

भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिवन्धविरुद्ध भदौ २३ गते सोमवार जेन–जी पुस्ताका युवाहरु प्रदर्शनमा उत्रिएपछि नयाँ वानेश्वरको संसद भवन अघिल्तिर प्रहरीसँग झडप भएको थियो । त्यसक्रममा प्रहरीले गोली चलाउँदा पहिलो दिन नै १९ जना प्रदर्शनकारीको दुखद निधन भएको थियो ।

युवा प्रदर्शनकारीको दुखद निधन भएपछि मंगलवार बिहानैदेखि प्रदर्शन चर्किएको थियो । फलस्वरुप ठूलो मात्रामा भौतिक क्षति हुनुका साथै थप व्यक्तिहरुले ज्यान गुमाउन पुगेका थिए ।

प्रदर्शनका क्रममा ज्यान गुमाउने सबैको सनाखत हुन सकेको छैन । आगजनि गरिएका स्थानहरुमा सरसफाइ गर्ने क्रममा कतिपय शव भेटिने क्रम जारी छ ।

आइतवार बिहानमात्र चुच्चेपाटीको भाटभटेनी सुपरस्टोरमा छ जना मानिसको शव पहिचान गर्न नसकिने अवस्थामा फेला परेको छ ।

Published Date: 14 September 2025


ताजा
सूर्यविनायकको आर्गस एजुकेशन भक्तपुरमा सिथि नखः विशेष कार्यक्रम सम्पन्न
मोडर्न स्कूल/कलेजमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न
हुम्लामा भूकम्पको धक्का महसुस
भक्तपुरमा आयोजित योग दिवस कार्यक्रममा टिसर्ट विवाद : पाँचतल्ले मन्दिर ‘चार तल्ला’ बनाइयो


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी