जेन–जी प्रदर्शनका क्रममा ज्यान गुमाउने संख्या ७२ पुग्यो

जेन–जी प्रदर्शनका क्रममा ज्यान गुमाउने संख्या ७२ पुग्यो : Icon Khabar

काठमाडौं, भदौ २९ । गत भदौ २३ तथा २४ गते भएको जेन–जी प्रदर्शनका क्रममा ज्यान गुमाउने संख्या ७२ पुगेको जानकारी प्राप्त भएको छ ।

आइतवार बिहान सिंहदवारमा आयोजित प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण कार्यक्रममा मुख्य सचिव एकनारायण अर्यालले मृतकहरुको पछिल्लो संख्याका बारेमा जानकारी गराएका हुन् ।

आन्दोलनमा परि हालसम्म ५९ जना प्रदर्शनकारी, १० जना कैदीबन्दी तथा तीन जना सुरक्षाकर्मी कुल ७२ जनाले ज्यान गुमाएका हुन् ।
मुख्य सचिव अर्यालका अनुसार प्रदर्शनका क्रममा १ सय ३४ जना प्रदर्शनकारी तथा ५७ जना प्रहरी घाइते भएका छन् ।

भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिवन्धविरुद्ध भदौ २३ गते सोमवार जेन–जी पुस्ताका युवाहरु प्रदर्शनमा उत्रिएपछि नयाँ वानेश्वरको संसद भवन अघिल्तिर प्रहरीसँग झडप भएको थियो । त्यसक्रममा प्रहरीले गोली चलाउँदा पहिलो दिन नै १९ जना प्रदर्शनकारीको दुखद निधन भएको थियो ।

युवा प्रदर्शनकारीको दुखद निधन भएपछि मंगलवार बिहानैदेखि प्रदर्शन चर्किएको थियो । फलस्वरुप ठूलो मात्रामा भौतिक क्षति हुनुका साथै थप व्यक्तिहरुले ज्यान गुमाउन पुगेका थिए ।

प्रदर्शनका क्रममा ज्यान गुमाउने सबैको सनाखत हुन सकेको छैन । आगजनि गरिएका स्थानहरुमा सरसफाइ गर्ने क्रममा कतिपय शव भेटिने क्रम जारी छ ।

आइतवार बिहानमात्र चुच्चेपाटीको भाटभटेनी सुपरस्टोरमा छ जना मानिसको शव पहिचान गर्न नसकिने अवस्थामा फेला परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 14 September 2025
Website | + posts




ताजा
बुधबार नेप्से परिसूचकमा गिरावट
राष्ट्रपति कार्यालयबाट दोलखास्थित ऐतिहासिक भीमेश्वर मन्दिरमा क्षमा पूजा
प्रधानमन्त्रीको आह्वानमा आज हुने त्रिपक्षीय छलफलमा जेनजी समूहबाट १४ जना प्रतिनिधिको सहभागिता हुने
सरकारले सबै सार्वजनिक संस्थानलाई कम्पनीमा परिणत गर्ने


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने