काठमाडौं, भदौ २९ । एउटा पछिल्लो अध्ययनले अन्तर्राष्ट्रिय रुपमै युवाहरूमा डिप्रेशन र स्ट्रेस बढिरहेको देखिएको छ । उक्त अध्ययनमा सहभागि विशेषज्ञहरुको भनाइ छ– ‘अहिले ज्येष्ठ नागरिक बढी खुशी छन् ।’
विश्वभरिका ४४ देशहरूमा गरिएको एउटा नयाँ अध्ययनमा के देखिएको छ भने आजको युवा वर्ग मानसिक स्वास्थ्यका समस्याहरू—जस्तै तनाव, चिन्ता र अवसादले धेरै बढी पीडित छन् । अघिल्ला समयहरूमा मिड–एज (मध्य आयू) का मानिसहरूमा यस्ता समस्या देखिन्थे, अहिले ती समस्याहरू धेरैले युवा अवस्थामै अनुभव गरिरहेका छन् ।
युवा वर्गमा बिग्रँदो मानसिक स्वास्थ्य
यस अध्ययनले के देखाएको छ भने मिड–एजका मानिसहरू भन्दा युवा वर्ग बढी तनावग्रस्त, चिन्तित र उदास छन् । पहिले यस्तो मानसिक समस्या मिडल एजमा पहिचान गरिन्थ्यो ।
टुट्दै छ खुशीको ‘यू–टर्न’
पछिल्ला अध्ययनले के देखाएका छन् भने मानिसहरू जवान अवस्थामा खुशी हुन्छन्, मिडल एज आउँदा खुसी घट्छ अनि वृद्धावस्थामा फेरि बढ्छ । यसलाई ‘यू–टर्न ट्रेण्ड’ भनिन्थ्यो । तर नयाँ अध्ययनले यो ट्रेण्ड अहिले टूटिरहेको देखाएको छ ।
किन बढ्यो युवा मानसिक असन्तुलन ?
विशेषज्ञहरूले यसका लागि धेरै कारणहरू बताएका छन् । तीमध्ये प्रमुख कारणहरुमा सोशल मिडिया र स्क्रिनमा समय बढी बिताउनु, चिन्ता, एक्लोपन, वित्तीय दवाव, आर्थिक सुस्ती, रोजगार सुरक्षा नहुँदा तनाव, बाल्यकालमा भएको बुलिङ, अपमान, परिवारमा कलह, कोभिड–१९ पछि शिक्षा, रोजगार र मानसिक स्वास्थ्य क्षेत्रमा आएको गिरावट आदि छन् ।
समाज र अर्थतन्त्रमा असर
युवा वर्गको मानसिक स्वास्थ्य बिग्रँदा समाजमा धेरै असर हुन्छ । उपचारमा ढिलाइ, अस्पतालहरुलाई बोझ, किशोर–युवा वर्गमा आत्म हत्याको मुद्दा बढ्ने सम्भावना, विद्यालयमा उपस्थिति कम हुनु, नयाँ सीप सिक्न अप्ठ्यारो, उत्पादनशीलता घट्नु, बेरोजगारी बढ्नु, राष्ट्रको आर्थिक विकासमा असर,
समाधानका उपायहरु
सरकारले शैक्षिक संस्था, कलेज, कार्यस्थलहरूमा मानसिक स्वास्थ्य सुदृढ गर्ने नीति बनाउनु अति आवश्यक छ । विशेष गरी वित्तीय तनाव तथा रोजगार असुरक्षालाई कम गर्नका लागि तत्काल कदम चाल्नु आवश्यक छ ।
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1