पेट्रोलियम पदार्थको आपूर्ति प्रणालीमा कुनै समस्या छैन: आयल निगम

पेट्रोलियम पदार्थको आपूर्ति प्रणालीमा कुनै समस्या छैन: आयल निगम : Icon Khabar

काठमाडौं, भदौ २९ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आपूर्ति प्रणालीमा कुनै समस्या नरहेको जनाएको छ ।

जेन–जीले अगुवाई गरेको आन्दोलनपछिको प्रदर्शन र त्यसपछि उत्पन्न परिस्थितिले केही पम्पहरु बन्द रहेपनि निगमले पम्पको माग अनुसार इन्धन वितरण गरिरहेको स्पष्ट पारेको छ । ‘पेट्रोलियम व्यवसायीको माग अनुसार शुक्रबार मुलुकभर ३९८९ किलोमिटर पेट्रोल, २९१६ किलोलिटर डिजेल र २३ किलोलिटर मट्टितेल वितरण गरेका छौ,’ कार्यकारी निर्देशक भट्टले भने,‘ थानकोट डिपोबाट पेट्रोल ८७० किलोलिटर पेट्रोल र ४३० किलोलिटर डिजेल वितरण भएको छ ।

आपूर्तिको अवस्था सामान्य नै छ ।’ नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले पनि इन्धन वितरणको अवस्था सामान्य रहेको जनाए । ‘व्यवसायीहरुले माग गरेअनुसार निगमले उपलब्ध गराएको छ । आपूर्तिमा समस्या देखिएको छैन,’ अध्यक्ष प्रधानले भने, ‘आन्दोलनको क्रममा केही पम्पहरु बन्द थिए, त्यही कारण केही स्थानको पम्पमा भीड देखियो । अहिले अवस्था सामान्य भइसकेको छ ।’

निगमका अनुसार इन्धन मौज्दातको अवस्था पनि पर्याप्त नै छ । थानकोट डिपोमा ३४०० किलोलिटर पेट्रोल र ५९०० किलोलिटर डिजेल मौज्दात रहेको कार्यकारी निर्देशक भट्टले बताए । मुलुकभर १५ हजार ५०० किलोलिटर पेट्रोल र ३७ हजार १०० किलोलिटर डिजेल मौज्दात रहेको उनले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 14 September 2025
Website | + posts
ताजा
एनपीएल फाइनल : रोहित, शेर र ट्रम्पलम्यानको ३-३ विकेट, सुदूरपश्चिम ८५ रनमा अलआउट
भक्तपुरको त्रिशुलडाँडाबाट देखिएको मनमोहक हिमशृङ्खला ( फोटो फिचर )
काठमाडौं उपत्यकामा चिसो क्रमिक रूपमा बढ्दै
त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आगामी पुस १० गते दशरथ रंगशालामा हुने


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न