पेट्रोलियम पदार्थको आपूर्ति प्रणालीमा कुनै समस्या छैन: आयल निगम

पेट्रोलियम पदार्थको आपूर्ति प्रणालीमा कुनै समस्या छैन: आयल निगम : Icon Khabar

काठमाडौं, भदौ २९ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आपूर्ति प्रणालीमा कुनै समस्या नरहेको जनाएको छ ।

जेन–जीले अगुवाई गरेको आन्दोलनपछिको प्रदर्शन र त्यसपछि उत्पन्न परिस्थितिले केही पम्पहरु बन्द रहेपनि निगमले पम्पको माग अनुसार इन्धन वितरण गरिरहेको स्पष्ट पारेको छ । ‘पेट्रोलियम व्यवसायीको माग अनुसार शुक्रबार मुलुकभर ३९८९ किलोमिटर पेट्रोल, २९१६ किलोलिटर डिजेल र २३ किलोलिटर मट्टितेल वितरण गरेका छौ,’ कार्यकारी निर्देशक भट्टले भने,‘ थानकोट डिपोबाट पेट्रोल ८७० किलोलिटर पेट्रोल र ४३० किलोलिटर डिजेल वितरण भएको छ ।

आपूर्तिको अवस्था सामान्य नै छ ।’ नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले पनि इन्धन वितरणको अवस्था सामान्य रहेको जनाए । ‘व्यवसायीहरुले माग गरेअनुसार निगमले उपलब्ध गराएको छ । आपूर्तिमा समस्या देखिएको छैन,’ अध्यक्ष प्रधानले भने, ‘आन्दोलनको क्रममा केही पम्पहरु बन्द थिए, त्यही कारण केही स्थानको पम्पमा भीड देखियो । अहिले अवस्था सामान्य भइसकेको छ ।’

निगमका अनुसार इन्धन मौज्दातको अवस्था पनि पर्याप्त नै छ । थानकोट डिपोमा ३४०० किलोलिटर पेट्रोल र ५९०० किलोलिटर डिजेल मौज्दात रहेको कार्यकारी निर्देशक भट्टले बताए । मुलुकभर १५ हजार ५०० किलोलिटर पेट्रोल र ३७ हजार १०० किलोलिटर डिजेल मौज्दात रहेको उनले जनाए ।

Published Date: 14 September 2025


ताजा
सूर्यविनायकको आर्गस एजुकेशन भक्तपुरमा सिथि नखः विशेष कार्यक्रम सम्पन्न
मोडर्न स्कूल/कलेजमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न
हुम्लामा भूकम्पको धक्का महसुस
भक्तपुरमा आयोजित योग दिवस कार्यक्रममा टिसर्ट विवाद : पाँचतल्ले मन्दिर ‘चार तल्ला’ बनाइयो


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी