अमेरिकाद्वारा राष्ट्रपति पौडेल र प्रधानसेनापति सिग्देलको प्रशंसा

अमेरिकाद्वारा राष्ट्रपति पौडेल र प्रधानसेनापति सिग्देलको प्रशंसा : Icon Khabar

काठमाडौ, भदौ २९ । अमेरिकाले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नियुक्त भएको र जेनजी युवा आन्दोलनको क्रममा भएका दु:खद घटनापछि शान्तिपूर्ण समाधान निस्किएको भन्दै स्वागत गरेको छ ।

साथै लोकतान्त्रिक समाधानप्रतिको प्रतिबद्धताका लागि राष्ट्रपति रामचन्द्र पौडेल र युवा नेताहरूको प्रशंसा समेत अमेरिकाले गरेको छ ।

नेपालस्थित अमेरिकी दूतावासले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानसेनापति अशोक राज सिग्देलको भूमिकाको प्रशंसा गर्दै भनेको छ, ‘संक्रमणलाई सहज बनाउँदै शान्तिपूर्ण नागरिक सरकार र व्यवस्था पुनर्स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा सम्मान गर्दछौं ।’

नेपाललाई परेको शोकमा आफूहरु साथमै रहेको भन्दै अमेरिकाले आगामी महिनाहरूमा नयाँ निर्वाचनको तयारी गर्ने क्रममा पनि सहकार्य गर्न तयार रहेको जनाएको छ .

Published Date: 14 September 2025


ताजा
सूर्यविनायकको आर्गस एजुकेशन भक्तपुरमा सिथि नखः विशेष कार्यक्रम सम्पन्न
मोडर्न स्कूल/कलेजमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न
हुम्लामा भूकम्पको धक्का महसुस
भक्तपुरमा आयोजित योग दिवस कार्यक्रममा टिसर्ट विवाद : पाँचतल्ले मन्दिर ‘चार तल्ला’ बनाइयो


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी