अमेरिकाद्वारा राष्ट्रपति पौडेल र प्रधानसेनापति सिग्देलको प्रशंसा

अमेरिकाद्वारा राष्ट्रपति पौडेल र प्रधानसेनापति सिग्देलको प्रशंसा : Icon Khabar

काठमाडौ, भदौ २९ । अमेरिकाले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नियुक्त भएको र जेनजी युवा आन्दोलनको क्रममा भएका दु:खद घटनापछि शान्तिपूर्ण समाधान निस्किएको भन्दै स्वागत गरेको छ ।

साथै लोकतान्त्रिक समाधानप्रतिको प्रतिबद्धताका लागि राष्ट्रपति रामचन्द्र पौडेल र युवा नेताहरूको प्रशंसा समेत अमेरिकाले गरेको छ ।

नेपालस्थित अमेरिकी दूतावासले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानसेनापति अशोक राज सिग्देलको भूमिकाको प्रशंसा गर्दै भनेको छ, ‘संक्रमणलाई सहज बनाउँदै शान्तिपूर्ण नागरिक सरकार र व्यवस्था पुनर्स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा सम्मान गर्दछौं ।’

नेपाललाई परेको शोकमा आफूहरु साथमै रहेको भन्दै अमेरिकाले आगामी महिनाहरूमा नयाँ निर्वाचनको तयारी गर्ने क्रममा पनि सहकार्य गर्न तयार रहेको जनाएको छ .

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 14 September 2025
Website | + posts
ताजा
एनपीएल फाइनल : रोहित, शेर र ट्रम्पलम्यानको ३-३ विकेट, सुदूरपश्चिम ८५ रनमा अलआउट
भक्तपुरको त्रिशुलडाँडाबाट देखिएको मनमोहक हिमशृङ्खला ( फोटो फिचर )
काठमाडौं उपत्यकामा चिसो क्रमिक रूपमा बढ्दै
त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आगामी पुस १० गते दशरथ रंगशालामा हुने


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न