कर्फ्युका कारण आज शेयरबजार नखुल्ने

कर्फ्युका कारण आज शेयरबजार नखुल्ने : Icon Khabar

काठमाडौं, भदौ २४ । मंगलबार नेपाली शेयरबजार नखुल्ने भएकाे छ।

नेपाल सरकार, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौंले २०८२ भदौ २४ गते बिहान ८ः३० बजेदेखि लागू हुने गरी काठमाडौं जिल्लाको चक्रपथ भित्र कर्फ्यु आदेश जारी गरेको तथा धेरै कारोबार सदस्य तथा लगानीकर्ताहरुबाट समेत कारोबार स्थगन गर्न अनुरोध भई आएकोले सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१ (१) अनुसार आजको सम्पूर्ण धितोपत्र कारोबार स्थगन गरिएको नेप्सेले बताएको छ।

Published Date: 09 September 2025