काठमाडौँ, साउन ३० । स्थानिय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । शुक्रबारको कारोबारमा सुनको मूल्य ६ सय रुपैयाँले घटेको छ ।
योसँगै आज सुनको कारोबार प्रतितोला १ लाख ९६ हजार २ सय रुपैयाँमा भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन भने सुनको मूल्य १ सय रुपैयाँले बढेको थियो ।
उक्त दिन सुनको कारोबार प्रतितोला १ लाख ९६ हजार ८ सयमा भएको थियो ।
सुनसँगै आज चाँदीको मूल्यमा समेत गिरावट आएको छ । चाँदी आज २५ रुपैयाँले घट्दै प्रतितोला २ हजार ३१५ रुपैयाँ कायम भएको छ ।
Published Date: 15 August 2025-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1