बिहीबार नेप्से परिसूचक १.६२ अंकले बढ्यो

बिहीबार नेप्से परिसूचक १.६२ अंकले बढ्यो : Icon Khabar

काठमाडौँ, साउन २९ । बिहीबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ । पछिल्ला कारोबार दिन घटेको बजार आज सामान्य सुधार भएको हो ।

आज नेप्से परिसूचक १.६२ अंक बढेर २७८८.३६ विन्दुमा पुगेको छ । नेप्सेसँगै आज कारोबार रकम बढेको छ । यसदिन कारोबारमा आएका २४९ कम्पनीको १ करोड ९२ लाख ५८ हजार ४४५ कित्ता शेयर ७ अर्ब ४६ करोड ४१ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । अघिल्लो कारोबार दिन अर्थात बुधबारको बजारमा ६ अर्ब १६ करोड १८ लाख ९४ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो ।

आज नेपाल रिपब्लिक मिडियाको शेयर मूल्य सर्किट लेभलमा बढेर कारोबार भएको छ । पञ्चकन्या माई हाइड्रोपावर कम्पनीको शेयर मूल्य ५.५६ प्रतिशतले बढेर कारोबार भएको छ । साथै कुमारी सवल योजना, राधी विद्युत् र अपर स्याङ हाइड्रोपावर कम्पनीको मूल्य ४ प्रतिशत भन्दा बढी बढेको हो ।

Published Date: 14 August 2025


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर