बिहीबार नेप्से परिसूचक १.६२ अंकले बढ्यो

बिहीबार नेप्से परिसूचक १.६२ अंकले बढ्यो : Icon Khabar

काठमाडौँ, साउन २९ । बिहीबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ । पछिल्ला कारोबार दिन घटेको बजार आज सामान्य सुधार भएको हो ।

आज नेप्से परिसूचक १.६२ अंक बढेर २७८८.३६ विन्दुमा पुगेको छ । नेप्सेसँगै आज कारोबार रकम बढेको छ । यसदिन कारोबारमा आएका २४९ कम्पनीको १ करोड ९२ लाख ५८ हजार ४४५ कित्ता शेयर ७ अर्ब ४६ करोड ४१ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । अघिल्लो कारोबार दिन अर्थात बुधबारको बजारमा ६ अर्ब १६ करोड १८ लाख ९४ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो ।

आज नेपाल रिपब्लिक मिडियाको शेयर मूल्य सर्किट लेभलमा बढेर कारोबार भएको छ । पञ्चकन्या माई हाइड्रोपावर कम्पनीको शेयर मूल्य ५.५६ प्रतिशतले बढेर कारोबार भएको छ । साथै कुमारी सवल योजना, राधी विद्युत् र अपर स्याङ हाइड्रोपावर कम्पनीको मूल्य ४ प्रतिशत भन्दा बढी बढेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 14 August 2025
Website | + posts