एमसीसी अन्तर्गत आज दुई ठेक्कामा सम्झौता हुँदै

एमसीसी अन्तर्गत आज दुई ठेक्कामा सम्झौता हुँदै : Icon Khabar

काठमाडौं, साउन २८ । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत मिलेनियम च्यालेन्ज एकाउन्ट नेपालमातहत निर्माण हुने चार सय केभी डबल सर्किट प्रसारण लाइन अन्तर्गतका दुई खण्ड निर्माणको बोलपत्र स्वीकृत भएको छ।

एमसीए नेपालका अनुसार न्यु दमौली-न्यु बुटवल प्रसारण लाइन र रातामाटे-न्यु दमौली प्रसारण लाइन निर्माणका लागि बिहीबार ठेकेदार कम्पनीसँग निर्माण सम्झौता हुँदैछ।

कुल ३१५ किलोमिटरको प्रसारण लाइन परियोजना अन्तर्गत यसअघि १८ किलोमिटर सीमापार प्रसारण लाइन निर्माण गर्न ठेकेदार कम्पनीसँग सम्झौता भइसकेको छ। नवलपरासी (बर्दघाट सुस्तापश्चिम) मा निर्माणाधीन चार सय केभी क्षमताको नयाँ बुटवल सबस्टेसनदेखि नेपाल-भारत सीमासम्म १८ किलोमिटर प्रसारण लाइन बनाउन भारतीय कम्पनी ट्रान्सरेल लाइटिङ लिमिटेडसँग सम्झौता भएको थियो।

बिहीबार ९० किलोमिटर लामो रातमाटे-न्यु दमौली प्रसारण लाइन निर्माणका लागि भारतको एनजेलिक-स्किपर संयुक्त उपक्रम (जेभी) सँग सम्झौता हुँदैछ। कम्पनीले उक्त लाइन निर्माण गर्न सात करोड ७४ लाख ८० हजार अमेरिकी डलरमा ठेक्का पाएको छ। यो खण्डमा २४८ वटा टावरसहित प्रसारण लाइन बन्ने छ।

त्यस्तै सात करोड ७० लाख तीन हजार अमेरिकी डलरमा निर्माण गर्ने गरी न्यु दमौलीदेखि न्यु बुटवलसम्मको ९० किलोमिटर प्रसारण लाइन वाइबा-सलार जेभीले पाएको छ। सो प्रसारण लाइनमा २४९ वटा टावर निर्माण गरिने छ।

न्यु बुटवल-नेपाल र भारत सीमाको ठेक्का सम्झौतापछि बाँकी २९७ किलोमिटर प्रसारण लाइन निर्माणका लागि गत वर्ष मङ्सिर १२ गते ठेक्का आह्वान गरिएको थियो। सो बमोजिम १८० किलोमिटर लामा दुई खण्डको लाइन निर्माण गर्न ठेक्का सम्झौता हुन लागेको हो। दुवै ठेक्काका अवधि ३६ महिना रहेको छ। प्रसारण लाइनका पाँच खण्डमध्ये अब दुई खण्डको निर्माण सम्झौता हुन बाँकी छ। – रासस

Published Date: 14 August 2025
Website | + posts




ताजा
सुन र चाँदीको मूल्यमा भारी गिरावट, एकैदिन सुन तोलामा ६ हजार ३०० रुपैयाँले घट्यो
‘वाक ग्रिन, किप इट क्लिन’ नारासहित बोकाचो गढीमा मिस्टर एण्ड मिस मोडर्नको पदयात्रा
आजदेखि काठमाडौं उपत्यकाका तीन जिल्लामा पशु वधशाला तथा मासु जाँच ऐन लागू
फाइनल यात्राका लागि लुम्बिनी र सुदूरपश्चिमबीच महासंग्राम, पहिलो क्वालिफायरमा कसले मार्ला बाजी?


ट्रेन्डिङ
एउटै उपत्यका, तिहार मनाउने फरक–फरक मिति : भक्तपुर, काठमाडौं र ललितपुरमै किन मिलेन पर्वको साइत ?
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
भिन्तुनाको नाममा विकृति कि उत्सव? टौमढीमा पटाका पड्किएपछि प्रशासनमाथि प्रश्नैप्रश्न
भक्तपुरमा लागूऔषधसहित दुई जना पक्राउ