सोमबार सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले घट्यो

सोमबार सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौँ, साउन २६ । नेपाली बजारमा सुनको मूल्य आजपनि घटेको छ । अघिल्लो दिन २ सय रुपैयाँले घटेको सुनको मूल्य आज पनि घटेको हो । आज सुनको मूल्य ११ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला १ लाख ९८ हजार १ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने सुनको मूल्य १ लाख ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य १५ रुपैयाँले बढ्दै प्रतितोला २ हजार ३१५ रुपैयाँमा कारोबार भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 11 August 2025
Website | + posts