सेयर कारोबारका लागि अब राष्ट्रिय परिचयपत्र अनिवार्य

सेयर कारोबारका लागि अब राष्ट्रिय परिचयपत्र अनिवार्य : Icon Khabar

काठमाडौँ, साउन १८ । सेयर कारोबारका लागि अब राष्ट्रिय परिचयपत्र अनिवार्य रुपमा चाहिने भएको छ ।

ब्रोकर कम्पनीमार्फत खोलिने खाताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको हो ।

नेपाल धितोपत्र बोर्डले ग्राहक पहिचान (केवाईसी)लाई राष्ट्रिय परिचयपत्रसँग आवद्ध गर्न निर्देशन दिएको छ । निर्देशन अनुसार नेपाल स्टक एक्स्चेन्जले सम्पूर्ण कारोबार सदस्यमार्फत नयाँ कारोबार खाता खोल्दा राष्ट्रिय परिचयपत्र वा परिचयपत्र नम्बर लिने व्यवस्था गर्न भनेको छ ।

ग्राहकले राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा केवाईसी विवरण भर्नु पर्नेछ । हालसम्म नागरिकता तथा नागरिकता नम्बरका आधारमा केवाईसी फारम भर्न मिल्ने व्वयवस्था थियो ।

यसअघि नै कारोबार खाता खोली कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) प्रयोग गरिरहेकालाई पनि राष्ट्रिय परिचयपत्र नम्बर उपलब्ध गराउने गरी काम गर्न नेप्सेले आग्रह गरेको छ ।

Published Date: 03 August 2025


ताजा
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
शुक्रबार बिहान ५–६ बजे प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने
चीनका शहरमा सेलिब्रिटी होइन, वैज्ञानिकका तस्वीर; नेपालमा पनि यस्तो अभियान सुरु गर्ने हो कि?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग