सेयर कारोबारका लागि अब राष्ट्रिय परिचयपत्र अनिवार्य

सेयर कारोबारका लागि अब राष्ट्रिय परिचयपत्र अनिवार्य : Icon Khabar

काठमाडौँ, साउन १८ । सेयर कारोबारका लागि अब राष्ट्रिय परिचयपत्र अनिवार्य रुपमा चाहिने भएको छ ।

ब्रोकर कम्पनीमार्फत खोलिने खाताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको हो ।

नेपाल धितोपत्र बोर्डले ग्राहक पहिचान (केवाईसी)लाई राष्ट्रिय परिचयपत्रसँग आवद्ध गर्न निर्देशन दिएको छ । निर्देशन अनुसार नेपाल स्टक एक्स्चेन्जले सम्पूर्ण कारोबार सदस्यमार्फत नयाँ कारोबार खाता खोल्दा राष्ट्रिय परिचयपत्र वा परिचयपत्र नम्बर लिने व्यवस्था गर्न भनेको छ ।

ग्राहकले राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा केवाईसी विवरण भर्नु पर्नेछ । हालसम्म नागरिकता तथा नागरिकता नम्बरका आधारमा केवाईसी फारम भर्न मिल्ने व्वयवस्था थियो ।

यसअघि नै कारोबार खाता खोली कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) प्रयोग गरिरहेकालाई पनि राष्ट्रिय परिचयपत्र नम्बर उपलब्ध गराउने गरी काम गर्न नेप्सेले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 August 2025
Website | + posts




ताजा
बाढीपहिरोका कारण तीन दिनदेखि अवरुद्ध बिपी राजमार्ग सञ्चालनमा
हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथमा पहिरो खस्यो, यातायात सेवा अवरुद्ध
आइतबार सुनको भाउ प्रतितोला ७ सय रुपैयाँले बढ्यो
सामाजिक सुरक्षा कोषमा हालसम्म रु ९४ अर्ब रकम जम्मा


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने