राष्ट्रिय पुस्कारका लागि किशोर कुमारसँग घुस मागेपछि……

राष्ट्रिय पुस्कारका लागि किशोर कुमारसँग घुस मागेपछि…… : Icon Khabar
Kishore Kumar.

मुम्बई, साउन १८ । बलिउडमा ३० वर्षभन्दा बढी समय बिताइसकेका शाहरुख खान र रानी मुखर्जीलाई हालै पहिलो पटक ७१औं राष्ट्रिय चलचित्र पुरस्कारमा सम्मानित गरिएको छ । यद्यपि, यो कुरा निकै अचम्मको हो किनभने उनीहरूले आफ्नो करियरको क्रममा त्यस्ता धेरै फिल्महरू दिएका छन्, जसको लागि उनीहरूले धेरै समय अगाडि नै यो सम्मान प्राप्त हुनु पर्थ्यो । शाहरुख र काजोल मात्र होइन पहिला पनि त्यस्ता धेरै बलिउडका कलाकार छन् जो पुरस्कारको हकदार भएर पनि कहिले पनि पुस्कार प्राप्त भएन ।

यो सूचीमा किशोर कुमार, राजेश खन्ना, देव आनन्द र मधुबालाजस्ता दिग्गज कलाकारहरूको नाम पनि समावेश छन्, जसले कहिल्यै राष्ट्रिय पुरस्कार पाएनन् । यति मात्र नभएर किशोर कुमारलाई त राष्ट्रिय पुस्कार पाउनका लागि घुस समेत मागिएको थियो । यो कुराको जानकारी स्वंय किशोर कुमारका छोरा अमित कुमारले एउटा अन्तर्वार्तामा दिएका थिए, जुन वास्तवमै आश्चर्यजनक थियो ।

उनले आफ्ना बुबा किशोर कुमारले फिल्म ‘दूर गगन की छाँव में’ ले नेशनल अवार्ड पाउन लागेर पनि नपाएको कुरा बतााएका छन् । यस फिल्ममा किशोर कुमारले गम्भीर भूमिका निभाएका थिए र उनका छोरा अमित कुमारले पनि यसमा अभिनय गरेका थिए । फिल्मलाई धेरै मन पराइएको थियो र यो बक्स अफिसमा हिट पनि भएको थियो । तर अवार्ड पाउनै लाग्दा एउटा समस्या देखियो ।

अमित कुमारका अनुसार, दिल्लीबाट मन्त्रालयमा कसैको फोन आएको थियो । त्यस समयमा ‘हकीकत’, ‘दोस्ती’ र ‘दूर गगन की छाँव में’ जस्ता फिल्महरू अवार्डको दौडमा थिए । फोन गर्ने व्यक्तिले यदि किशोर कुमारले केही दिन्छन् भने उनलाई नामिनेट गर्न सकिन्छ। यसमा किशोर कुमारले रिसाउँदै भनेका थिए- ‘मेरो फिल्म त हिट छ, फेरि किन पछाडि परेका छौरु’ भन्दै किशोर कुमारले राष्ट्रिय पुस्कारका लागि घुस दिनका लागि अस्विकार गरिदिए । अमित कुमारका अनुसार, फिल्म मुम्बईको सुपर फिल्म हलमा २३ हप्ता सम्म चलेको थियो र दिल्ली–यूपीमा सिल्भर जुबली घोषित भएको थियो।

यसपछि किशोर कुमारले यसको अधिकार (राइट्स) एक तमिल फिल्म निर्माता लाई बेचिदिए। तमिल भाषामा यसको रिमेक ‘रामु’ नामबाट बन्यो र रोचक कुरा के हो भने किशोर कुमारको नाम परिवर्तन भएको फिल्मले भने नेशनल अवार्ड जित्न सफल भएको कुरा आज पनि धेरैलाई अचम्म लाग्छ।

‘दूर गगन की छांव’ अमेरिकी फिल्म The Proud Rebelमा आधारित थियो । यसको लोकप्रियता यति धेरै थियो जस कारण यसलाई तेलुगु, तमिल र मलयालम भाषामा पनि बनाइयो।

फिल्ममा एक बाबु र छोरा बीचको भावुक कथा देखाइएको थियो, जुन दर्शकहरूले धेरै मन पराए। तर दुःखको कुरा के हो भने, यति राम्रो फिल्मले कहिल्यै नेशनल अवार्ड पाउन सकेन।

किशोर कुमारको निधन १३ अक्टोबर १९८७ मा भएको थियो । उनले भारतीय फिल्मलाई धेरै सम्झनलायक फिल्महरू, गीतहरू र प्रस्तुतीहरू दिएका छन् । तर उनलाई ४१ वर्षको करियरमा कहिले पनि राष्ट्रिय अवार्ड प्राप्त भएन । चाहे चलती का नाम गाड़ी, पड़ोसन वा हाफ टिकट होस्, उनको अभिनय र गायन आज पनि मानिसहरूको मनमा बसिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 August 2025
Website | + posts






ताजा
प्यालेस्टाइन स्वतन्त्र र सार्वभौम देश नबनेसम्म हतियार नबिसाउने हमासको घोषणा
आइतबार सुनको मूल्य प्रतितोला ३ हजार ४ सय रुपैयाँले बढ्यो
भक्तपुरको हनुमन्ते खोला जलसतह सतर्कता तह आसपास रहेकोले सावधानी अपनाउन आग्रह
राष्ट्रिय पुस्कारका लागि किशोर कुमारसँग घुस मागेपछि……




ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट
अण्डाको बाकस बालेर लामखुट्टे भगाउने प्रयास गर्नुहुन्छ ? सावधान
भक्तपुरको जगातीमा ५० हजार क्षमताको रंगशाला निर्माणका लागि प्रधानमन्त्रीले गरे छलफल