भारतीय प्रतिद्वन्द्वीलाई नकआउट गर्दै रविन्द्र बने पहिलो नेपाली ‘एमएफएन’ च्याम्पियन

भारतीय प्रतिद्वन्द्वीलाई नकआउट गर्दै रविन्द्र बने पहिलो नेपाली ‘एमएफएन’ च्याम्पियन : Icon Khabar

काठमाडौँ, साउन १८ । नेपाली खेलाडी रविन्द्र ढाँटले भारतमा भएको म्याट्रिक्स फाइट नाइट (एमएफएन) जितेका छन्।

एमएमए फाइटर रविन्द्रले भारतको नोएडामा शनिबार राति सम्पन्न म्याट्रिक्स फाइट नाइट (एमएफएन) मा टाइटल विजेता चोंगरेंग कोरेनलाई पराजित गर्दै उपाधि जितेका हुन् । उनले कोरेनलाई तेस्रो राउन्डमा भारतीय प्रतिद्वन्द्वीलाई नकआउट गरेका थिए ।

यो उनको प्रोफेसनल फाइटमा नवौं जित हो । यो जितले ढाँटलाई एमएफएनको बान्टमवेट श्रेणीको बेल्ट दिलाएको छ।आफ्नो व्यावसायिक रेकर्ड ८–१ मा सुधार गर्दै रवीन्द्रले कोरेनको पाँच–लडाईको जितको श्रृंखलालाई भंग गरिदिए । रवीन्द्र उक्त उपाधि जित्ने पहिलो नेपाली फाइटर बनेका छन् । उनी बझाङका हुन् ।

Published Date: 03 August 2025


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग