भक्तपुरको तिगनी, निलबाराही क्षेत्रमा पहिरो रोकथाम गर्न श्रमदान गर्नेको जनलहर

भक्तपुरको तिगनी, निलबाराही क्षेत्रमा पहिरो रोकथाम गर्न श्रमदान गर्नेको जनलहर : Icon Khabar
तस्बिर: गोरखापत्र

भक्तपुर, असार १९ । मध्यपुर थिमी नगरपािलका–९ स्थित तिगनी, निलबाराही क्षेत्रमा पहिरो रोकथाम तथा संरक्षण गर्ते उद्देश्यसहित सञ्चालनमा आएको श्रमदान अभियानमा महिलाहरुको उल्लेख्य उपस्थित रहेको छ ।

निलबाराही क्षेत्र संरक्षण सरोकार समितिको आयोजनामा यही जेठ ३ गतेदेखि सुरु भएको अभियान श्रम मात्र होइन खाद्यान्न, बोरा, बाँस लगायतका सरसामान दिने गरेका छन् ।

जीर्णोद्वारको काम दैनिक दुईदेखि तीन सय भए पनि शनिबारको दिन भने छ/सात सय श्रमदाताहरु हुने गरेको पाइन्छ । महिलाको उल्लेख्य उपस्थित रहेको मन्दिर निर्माणमा आफ्नो गाँउ टोल तथा सम्पदालाई आफैँ पुनर्निर्माण गर्ने उद्देश्य थियो ।

नीलबराही रामायण भजन मण्डलका रमेश राजवहाक तथा समूहले श्रमदातालाई खाजा खाना पकाएर खुवाउँदै आएका छन्।

निलबाराही क्षेत्र संरक्षण सरोकार समितिको अध्यक्ष दिलकृष्ण राजवाहाकले भने, ‘‘चार वटा बाराहीमध्ये एक नीलबाराही हो । थिमीमात्र नभएर भक्तपुर, ललितपुर र काठमाडौँको बासिन्दाले पनि मान्ने बाराही हो । त्यसैले यसको संरक्षण अति आवश्यक छ ।’’

विगत दश वर्षदेखि नीलबाराहीको परिसर भूकम्प र पहिरोका कारण जीर्णोद्वार रहेको र सम्बधित निकायले चासो नदेखाएपछि यो पाटी नै मास्ने खतरा भएकाले यसको संरक्षण अभियान अघि सारेको राजवाहाकले बताए।

उनले वैशाख १३ गते नीरबाराही संरक्षण समितिको गठन भएको बताउँदै जेठ ३ देखि श्रमदानका लागि आह्वान गरेको जानकारी दिए। पहिलो दिनमा एक/दुई सयमात्र भए पनि अहिले धेरै श्रमदाताहरु आउनुभएको जानकारी दिए।

‘‘श्रमदानका लागि शनिबार सात/आठ सयदेखि एक हजार जना आउने गरेको रेकर्ड छ,’’ उनले भने, ‘‘दाताहरुले श्रममात्र होइन खाद्यान्नदेखि चाहिने सरसामान र रुपियाँ पनि सहयोग गर्नुभएको छ । हाम्रो योजना भनेको नीलबाराहीलाई बचाउने हो र पछि वृक्षारोपन गर्ने रहेको छ ।’’ – गोरखापत्रबाट साभार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 July 2025
Website | + posts
ताजा
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क
रोपाइँ सकिएसँगै भक्तपुरमा हरियालीको मनमोहक दृश्य


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू