भक्तपुरको तिगनी, निलबाराही क्षेत्रमा पहिरो रोकथाम गर्न श्रमदान गर्नेको जनलहर

भक्तपुरको तिगनी, निलबाराही क्षेत्रमा पहिरो रोकथाम गर्न श्रमदान गर्नेको जनलहर : Icon Khabar
तस्बिर: गोरखापत्र

भक्तपुर, असार १९ । मध्यपुर थिमी नगरपािलका–९ स्थित तिगनी, निलबाराही क्षेत्रमा पहिरो रोकथाम तथा संरक्षण गर्ते उद्देश्यसहित सञ्चालनमा आएको श्रमदान अभियानमा महिलाहरुको उल्लेख्य उपस्थित रहेको छ ।

निलबाराही क्षेत्र संरक्षण सरोकार समितिको आयोजनामा यही जेठ ३ गतेदेखि सुरु भएको अभियान श्रम मात्र होइन खाद्यान्न, बोरा, बाँस लगायतका सरसामान दिने गरेका छन् ।

जीर्णोद्वारको काम दैनिक दुईदेखि तीन सय भए पनि शनिबारको दिन भने छ/सात सय श्रमदाताहरु हुने गरेको पाइन्छ । महिलाको उल्लेख्य उपस्थित रहेको मन्दिर निर्माणमा आफ्नो गाँउ टोल तथा सम्पदालाई आफैँ पुनर्निर्माण गर्ने उद्देश्य थियो ।

नीलबराही रामायण भजन मण्डलका रमेश राजवहाक तथा समूहले श्रमदातालाई खाजा खाना पकाएर खुवाउँदै आएका छन्।

निलबाराही क्षेत्र संरक्षण सरोकार समितिको अध्यक्ष दिलकृष्ण राजवाहाकले भने, ‘‘चार वटा बाराहीमध्ये एक नीलबाराही हो । थिमीमात्र नभएर भक्तपुर, ललितपुर र काठमाडौँको बासिन्दाले पनि मान्ने बाराही हो । त्यसैले यसको संरक्षण अति आवश्यक छ ।’’

विगत दश वर्षदेखि नीलबाराहीको परिसर भूकम्प र पहिरोका कारण जीर्णोद्वार रहेको र सम्बधित निकायले चासो नदेखाएपछि यो पाटी नै मास्ने खतरा भएकाले यसको संरक्षण अभियान अघि सारेको राजवाहाकले बताए।

उनले वैशाख १३ गते नीरबाराही संरक्षण समितिको गठन भएको बताउँदै जेठ ३ देखि श्रमदानका लागि आह्वान गरेको जानकारी दिए। पहिलो दिनमा एक/दुई सयमात्र भए पनि अहिले धेरै श्रमदाताहरु आउनुभएको जानकारी दिए।

‘‘श्रमदानका लागि शनिबार सात/आठ सयदेखि एक हजार जना आउने गरेको रेकर्ड छ,’’ उनले भने, ‘‘दाताहरुले श्रममात्र होइन खाद्यान्नदेखि चाहिने सरसामान र रुपियाँ पनि सहयोग गर्नुभएको छ । हाम्रो योजना भनेको नीलबाराहीलाई बचाउने हो र पछि वृक्षारोपन गर्ने रहेको छ ।’’ – गोरखापत्रबाट साभार

Published Date: 03 July 2025


ताजा
आइतबार पनि सुनको मूल्य बढ्यो
रोटर्‍याक्ट क्लब अफ भक्तपुरद्वारा आयोजित ‘द आर्ट अफ पोडियम’ उद्घोषण तालिम सम्पन्न
प्रधानमन्त्री कार्यालयले भन्यो,”प्रधानमन्त्री वालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी हो। “
भक्तपुरमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली