भक्तपुर अस्पतालमा निशुल्क डायलासिस सेवा सुरु हुने, ल्याब रिपोर्ट पनि क्युआर कोडमार्फत

भक्तपुर अस्पतालमा निशुल्क डायलासिस सेवा सुरु हुने, ल्याब रिपोर्ट पनि क्युआर कोडमार्फत : Icon Khabar

भक्तपुर, असार १८ । भक्तपुर नगरपालिका वडा नं १ दुधपाटिस्थित भक्तपुर अस्पतालमा डायलासिस सेवा सुरु हुने भएको छ।

अस्पताललाई बागमती प्रदेश सरकारले पाँच थान डायलासिस मेसिन उपलब्ध गराएको हो। मिर्गौलाले काम नगर्ने बिरामीका लागि अत्यन्त उपयोगी यो सेवा चाँडै सुरु हुने निमित्त निर्देशक डा. सुरेन्द्र भट्टले बताए।

दैनिक तीन सिफ्ट सञ्चालन गरी ४५ जना बिरामीलाई सेवा दिन सकिनेछ। निजी क्लिनिकमा एकपटकको डायलासिस शुल्क रु. २५०० देखि ५५०० पर्छ भने महिनामा औसत १० देखि १२ पटकसम्म डायलासिस गरिनुपर्ने भएकाले निजीमा नियमित उपचार गराउँदा मासिक खर्च औषत रु ५० हजार सम्म खर्च हुनेगर्दछ ।

भक्तपुर अस्पतालमा यो सेवा पूर्ण रूपमा निःशुल्क हुनेछ। औषधि र किटको खर्च समेत सरकारले व्यहोर्नेछ। वीर अस्पतालपछिको दोस्रो जेठो यो अस्पताल प्रदेश मातहत आएपछि आइसियु, एचडियु, एनआइसियु, सिटी स्क्यानजस्ता सेवा थपिएर उदाहरणीय बनेको छ।

यसैबीच, अस्पतालले ल्याब रिपोर्ट क्युआर (QR) कोडमार्फत उपलब्ध गराउने डिजिटल सेवा पनि सुरु गरेको छ। सेवाग्राहीले अब मोबाइलबाटै रिपोर्ट हेर्न सक्ने छन्।

बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले यो डिजिटल हेल्थ कार्यक्रमप्रति खुसी व्यक्त गरेका छन्।

Published Date: 02 July 2025


ताजा
आइतबार पनि सुनको मूल्य बढ्यो
रोटर्‍याक्ट क्लब अफ भक्तपुरद्वारा आयोजित ‘द आर्ट अफ पोडियम’ उद्घोषण तालिम सम्पन्न
प्रधानमन्त्री कार्यालयले भन्यो,”प्रधानमन्त्री वालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी हो। “
भक्तपुरमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली