एसईईको नतिजा प्रकाशन गर्न राष्ट्रिय परीक्षा बोर्डको बोर्ड बैठक सुरू

एसईईको नतिजा प्रकाशन गर्न राष्ट्रिय परीक्षा बोर्डको बोर्ड बैठक सुरू : Icon Khabar

काठमाडौं, असार १३ । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशन गर्ने विषयमा निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बोर्ड बैठक अहिले बसिरहेको छ । बैठक केहीबेर अघिबाट सुरु भएको हो ।

बोर्ड बैठकले एसईईको नतिजा आजै नतिजा प्रकाशित गर्ने वा भोलि भन्नेबारे निर्णय गर्नेछ ।

२०८१ सालको चैत ७ गतेदेखि चैत १९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी कुल ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए । यस वर्ष असार ६ गतेभित्रमा नतिजा सार्वजनिक गर्नेगरी कार्यतालिका बने पनि गत २०८१ सालको चैत २० गतेदेखि २०८२ वैशाख १७ गतेसम्म शिक्षकहरुले काठमाडौँका सडकमा उत्रिएर शैक्षिक हड्ताल गरेपछि नतिजा प्रकाशनमा ढिलाइ हुन पुगेको हो । आन्दोलन रोकिएलगत्तै कर्मचारीहरूले डबल सिफ्टमा उत्तरपुस्तिका परीक्षणलाई तीव्र गतिले अघि बढाएका थिए ।

Published Date: 27 June 2025


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर