एसईईको नतिजा प्रकाशन गर्न राष्ट्रिय परीक्षा बोर्डको बोर्ड बैठक सुरू

एसईईको नतिजा प्रकाशन गर्न राष्ट्रिय परीक्षा बोर्डको बोर्ड बैठक सुरू : Icon Khabar

काठमाडौं, असार १३ । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशन गर्ने विषयमा निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बोर्ड बैठक अहिले बसिरहेको छ । बैठक केहीबेर अघिबाट सुरु भएको हो ।

बोर्ड बैठकले एसईईको नतिजा आजै नतिजा प्रकाशित गर्ने वा भोलि भन्नेबारे निर्णय गर्नेछ ।

२०८१ सालको चैत ७ गतेदेखि चैत १९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी कुल ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए । यस वर्ष असार ६ गतेभित्रमा नतिजा सार्वजनिक गर्नेगरी कार्यतालिका बने पनि गत २०८१ सालको चैत २० गतेदेखि २०८२ वैशाख १७ गतेसम्म शिक्षकहरुले काठमाडौँका सडकमा उत्रिएर शैक्षिक हड्ताल गरेपछि नतिजा प्रकाशनमा ढिलाइ हुन पुगेको हो । आन्दोलन रोकिएलगत्तै कर्मचारीहरूले डबल सिफ्टमा उत्तरपुस्तिका परीक्षणलाई तीव्र गतिले अघि बढाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 June 2025
Website | + posts
ताजा
आइतबार नेप्से परिसूचक ५.१५ अंकले घट्यो
इन्टरनेशनल ग्रीन डेभलपर्स नेपालद्वारा ‘Ecopanel’ नाम प्रयोगमा कडा चेतावनी
असोज महिनामा नेपालमा भित्रियो २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स
विदेशमा रहेका नेपाली नागरिकका लागि मतदान केन्द्र तोक्न अध्यादेशको तयारी


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )