टर्कीको पश्चिमी इज्मिर प्रान्तको जङ्गलमा लागेको डढेलो अझै नियन्त्रणमा आएन

टर्कीको पश्चिमी इज्मिर प्रान्तको जङ्गलमा लागेको डढेलो अझै नियन्त्रणमा आएन : Icon Khabar

टर्की, असार १३ । टर्कीको पश्चिमी इज्मिर प्रान्तको जङ्गलमा लागेको डढेलो नियन्त्रणमा आउन सकेको छैन । बुधबार दिउँसोदेखि सुरु भएको डढेलो आलियागा र फोका जिल्लाको बिचको जङ्गल क्षेत्रमा तीव्र हावा चल्दा तीव्र गतिमा फैलिएको हो ।

आगलागीका लाग्नुका कारण अज्ञात रहेको बताइएको छ । आगलागी नियन्त्रण प्रयासमा आठ विमान, १६ हेलिकोप्टर, ७१ पानी ट्रक, ४४ पानी ट्याङ्कर, ३३ बुलडोजर र ६२५ कर्मचारी परिचालन गरिएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

इज्मिर प्रान्तीय गभर्नर सुलेमान एल्बानले १७५ इलिपिनार छिमेकी घरहरू खाली गराइएको छ भने ५५० जनाभन्दा बढी बासिन्दालाई स्थानान्तरण गरिएको बताउनुभयो । – सिन्ह्वा/न्यूज एजेन्सी नेपाल

Published Date: 27 June 2025


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर