टर्कीको पश्चिमी इज्मिर प्रान्तको जङ्गलमा लागेको डढेलो अझै नियन्त्रणमा आएन

टर्कीको पश्चिमी इज्मिर प्रान्तको जङ्गलमा लागेको डढेलो अझै नियन्त्रणमा आएन : Icon Khabar

टर्की, असार १३ । टर्कीको पश्चिमी इज्मिर प्रान्तको जङ्गलमा लागेको डढेलो नियन्त्रणमा आउन सकेको छैन । बुधबार दिउँसोदेखि सुरु भएको डढेलो आलियागा र फोका जिल्लाको बिचको जङ्गल क्षेत्रमा तीव्र हावा चल्दा तीव्र गतिमा फैलिएको हो ।

आगलागीका लाग्नुका कारण अज्ञात रहेको बताइएको छ । आगलागी नियन्त्रण प्रयासमा आठ विमान, १६ हेलिकोप्टर, ७१ पानी ट्रक, ४४ पानी ट्याङ्कर, ३३ बुलडोजर र ६२५ कर्मचारी परिचालन गरिएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

इज्मिर प्रान्तीय गभर्नर सुलेमान एल्बानले १७५ इलिपिनार छिमेकी घरहरू खाली गराइएको छ भने ५५० जनाभन्दा बढी बासिन्दालाई स्थानान्तरण गरिएको बताउनुभयो । – सिन्ह्वा/न्यूज एजेन्सी नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 June 2025
Website | + posts
ताजा
आइतबार नेप्से परिसूचक ५.१५ अंकले घट्यो
इन्टरनेशनल ग्रीन डेभलपर्स नेपालद्वारा ‘Ecopanel’ नाम प्रयोगमा कडा चेतावनी
असोज महिनामा नेपालमा भित्रियो २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स
विदेशमा रहेका नेपाली नागरिकका लागि मतदान केन्द्र तोक्न अध्यादेशको तयारी


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )