नेप्से परिसूचक बिहीबार २४.५९ अंकले घट्यो

नेप्से परिसूचक बिहीबार २४.५९ अंकले घट्यो : Icon Khabar

काठमाडौं, असार ५ । नेप्से परिसूचक बिहीबार २४.५९ विन्दुले घटेर २६२९.०८ अंकमा आएको छ । आज ११ अर्ब २३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । नेप्से सूचक घटे पनि विगत केही दिनको तुलनामा सेयर कारोबार रकम बढेको हो ।

आज ३ सय १४ कम्पनीको २ करोड ९४ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ८५ करोड रुपैयाभन्दा बढीसहित कारोबार रकममा ङादी ग्रुप पावर अग्रस्थानमा आएको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः बुटवल पावर कम्पनी र सिंगटी हाइड्रो इनर्जी परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 19 June 2025
Website | + posts