काठमाडौं, असार ५ । ललितपुरको ग्वार्को स्थित ओभरपासमा भोलिदेखि सवारी गुड्न पाउने भएका छन् ।
चक्रपथको ग्वार्को–सातदोबाटो खण्डमा निर्माण भएको ओभरपासको भोलि प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार भोलि प्रधानमन्त्री ओलीले उद्घाटन गरेर ओभरपासलाई सवारी आवागमनका लागि खुला गर्ने तयारी छ ।
गएको शनिवार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल सहित सडक विभागको नेतृत्वले स्थलगत निरीक्षण गरी सवारी साधन सञ्चालनको तयारी गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएका थिए ।
Published Date: 19 June 2025
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1