अहमदाबादबाट लण्डन जान लागेको एयर इन्डियाको विमानमा प्राविधिक खराबी, उडान रद्द

अहमदाबादबाट लण्डन जान लागेको एयर इन्डियाको विमानमा प्राविधिक खराबी, उडान रद्द : Icon Khabar

अहमदाबाद, असार ३ । अहमदाबादबाट लण्डन जान लागेको एयर इन्डियाको फ्लाइट एआई १५९ प्राविधिक खराबीका कारण रद्द गरिएको छ। उक्त विमान दिउँसो १:१० बजे लन्डनका लागि उडान भर्ने तालिका थियो।

जानकारी अनुसार, १२ जूनमा भएको विमान दुर्घटनापछि अहमदाबादबाट लन्डन जाने यो पहिलो उडान हुने तयारी थियो। तर, टेक अफ हुनु केही घण्टा अघि नै प्राविधिक समस्या पत्ता लागेपछि फ्लाइट स्थगन गरिएको एयरलाइन्सले जनाएको छ।

यसअघि मस्कट (ओमान) बाट कोच्ची हुँदै दिल्ली जाँदै गरेको इन्डिगोको एक फ्लाइटमा बम राखिएको सूचनापछि विमानलाई नागपुर विमानस्थलमा आपतकालीन अवतरण गराइएको छ। एयरलाइन्सलाई विमानमा बम भएको खबर प्राप्त भएपछि सतर्कता अपनाउँदै विमानलाई नागपुर तिर मोडिएको थियो।

नागपुरका डीसीपी लोहित मातानीका अनुसार, सबै यात्रुहरूलाई सुरक्षित रूपमा विमानबाट ओरालिएको छ र विमानको जाँच भइरहेको छ। हालसम्म केही शंकास्पद वस्तु भेटिएको छैन।

यसअघि, सोमवार राति सैन फ्रान्सिस्कोबाट मुम्बई जाँदै गरेको एयर इन्डियाको फ्लाइट एआई १८० मा पनि प्राविधिक खराबी आएको थियो, जसका कारण यात्रुहरूलाई मंगलबार बिहान कोलकाता विमानस्थलमा झारिएको थियो।

बोइङ ७७७ २०० एलआर (वर्ल्डलाइनर) विमान १७ जुन राति १२:४५ बजे कोलकातामा अवतरण गरेको थियो र राति २स्०० बजे मुम्बईतर्फ प्रस्थान गर्ने तालिका थियो। तर, बायाँ इन्जिनमा प्राविधिक समस्या आएपछि टेक अफमा ढिलाइ भयो। अन्ततः बिहान करिब ५:२० बजे क्याप्टेनले यात्रुहरूलाई विमानबाट ओराल्न निर्देशन दिएका थिए। एयरलाइन्सका अनुसार यो निर्णय यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै गरिएको हो।

Published Date: 17 June 2025
ताजा
काम गर्न नसके राजीनामा दिनू: प्रधानमन्त्री बालेन शाह
अविरल बर्षाका कारण काभ्रेको रोशी खोलामा आएको बाढीमा परि फसे ७ जना व्यक्तिहरू
“नेटिभ पर्यटकसँगको यात्रा” : भक्तपुरलाई नजिकबाट चिनाउने विशेष हेरिटेज वाक भोलि हुँदै
राष्ट्रिय स्वतन्त्र पार्टीको निजामती सेवा सम्बन्धी स्पष्टिकरण


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता