सिन्धुपाल्चोकको मेलम्चीमा बाढीले ह्युमपाइप बगायो, सडक अवरुद्ध

सिन्धुपाल्चोकको मेलम्चीमा बाढीले ह्युमपाइप बगायो, सडक अवरुद्ध : Icon Khabar

सिन्धुपाल्चोक, असार ३ । सोमबार राति आएको मेलम्ची बाढीले मेलम्ची नगरपालिका–११ मा रहेको फट्टे र भोटेकोशी गाउँपालिका–२ लार्चाको (अस्थायी पुल) ह्युमपाइप बगाएको छ । फट्टेको ह्युमपाइप (अस्थायी पुल) बगाएपछि मेलम्चीबाट दुवौचार, पाल्चोक जाने सडक अवरुद्ध भएको छ । बाह्रबिसे –तातोपानी नाका सडक अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालयका एसपी रामेश्वर कार्कीकानुसार केही दिनदेखि परेको वर्षातको मेलम्ची बाढीले हिजो राति फट्टेको ह्युमपाइप बगाएको थियो । ह्युमपाइप बगाएपछि मेलम्ची नगरपालिका–७, ८, हेलम्बु गाउँपालिका–२ र ३ र पाँचपोखरी थाङपाल गापा–१ र २ नम्बर वडाको स्थानीवासीलाई प्रत्यक्ष असर पुगेको छ । २०७८ असार १ गतेको भीषण मेलम्ची बाढीले फट्टेको मोटरेबल पुल बगाएको थियो ।

असार २ गते राति भोटेकोशी नदी उर्लेर आएपछि लार्चाको ह्युमपाइप बगाएको छ । ह्युपाइप बगाएपछि तातोपानी नाका जोड्ने सडक सम्बन्ध टुटेको जिप्रकाले जनाएको छ । वर्षातले भोटेकोशी नदीको बाहव बढिरहेको छ । लार्चामा बेलिबिज्र हाल्ने काम भइरहेको छ । केही दिनमा उक्त स्थानमा बेलिब्रिज हाल्ने काम सम्पन्न हुने छ ।

बाढीले ह्युमपाइप बगाएपछि तातोपानी नाकाबाट राजधानी जाने मालबाहक कन्टेनर नाका क्षेत्र मै रोकिएका छन् । गत वर्ष असोज ११ र १२ गतेको भीषण भोटेकोशी नदीको बाढीले लार्चाको बेलिब्रिज बगाएको थियो ।

Published Date: 17 June 2025


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी