सिन्धुपाल्चोकको मेलम्चीमा बाढीले ह्युमपाइप बगायो, सडक अवरुद्ध

सिन्धुपाल्चोकको मेलम्चीमा बाढीले ह्युमपाइप बगायो, सडक अवरुद्ध : Icon Khabar

सिन्धुपाल्चोक, असार ३ । सोमबार राति आएको मेलम्ची बाढीले मेलम्ची नगरपालिका–११ मा रहेको फट्टे र भोटेकोशी गाउँपालिका–२ लार्चाको (अस्थायी पुल) ह्युमपाइप बगाएको छ । फट्टेको ह्युमपाइप (अस्थायी पुल) बगाएपछि मेलम्चीबाट दुवौचार, पाल्चोक जाने सडक अवरुद्ध भएको छ । बाह्रबिसे –तातोपानी नाका सडक अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालयका एसपी रामेश्वर कार्कीकानुसार केही दिनदेखि परेको वर्षातको मेलम्ची बाढीले हिजो राति फट्टेको ह्युमपाइप बगाएको थियो । ह्युमपाइप बगाएपछि मेलम्ची नगरपालिका–७, ८, हेलम्बु गाउँपालिका–२ र ३ र पाँचपोखरी थाङपाल गापा–१ र २ नम्बर वडाको स्थानीवासीलाई प्रत्यक्ष असर पुगेको छ । २०७८ असार १ गतेको भीषण मेलम्ची बाढीले फट्टेको मोटरेबल पुल बगाएको थियो ।

असार २ गते राति भोटेकोशी नदी उर्लेर आएपछि लार्चाको ह्युमपाइप बगाएको छ । ह्युपाइप बगाएपछि तातोपानी नाका जोड्ने सडक सम्बन्ध टुटेको जिप्रकाले जनाएको छ । वर्षातले भोटेकोशी नदीको बाहव बढिरहेको छ । लार्चामा बेलिबिज्र हाल्ने काम भइरहेको छ । केही दिनमा उक्त स्थानमा बेलिब्रिज हाल्ने काम सम्पन्न हुने छ ।

बाढीले ह्युमपाइप बगाएपछि तातोपानी नाकाबाट राजधानी जाने मालबाहक कन्टेनर नाका क्षेत्र मै रोकिएका छन् । गत वर्ष असोज ११ र १२ गतेको भीषण भोटेकोशी नदीको बाढीले लार्चाको बेलिब्रिज बगाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 17 June 2025
Website | + posts




ताजा
तीन महिनामा थपियो ५० अर्ब ६० करोड रुपैयाँ बराबर सरकारी ऋण
कर्णालीका हिमाली जिल्लाहरूमा अत्यधिक हिमपात
अबदेखि अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणको लागि शुल्क लाग्ने
राष्ट्रपति कार्यालयमा तोडफोड तथा लुटपाट गरेको आरोपमा तीन जना पक्राउ


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने