स्थानीय तहको संख्या घटाएर ५०१ मात्रै गर्नुपर्ने एमालेको प्रस्ताव

स्थानीय तहको संख्या घटाएर ५०१ मात्रै गर्नुपर्ने एमालेको प्रस्ताव : Icon Khabar

काठमाडौं, असार २ । नेकपा एमालेका सांसद बासुदेव घिमिरेले स्थानीय तहको संख्या घटाउनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा आगामी आर्थिक बर्षको बजेटमाथिको सामान्य छलफलमा बोल्दै उनले यस्तो प्रस्ताव राखेका हुन् ।

यस भन्दा पहिला पनि आफूले स्थानीय तहको संख्या घटाउनेबारे कुरा उठाएको उनले स्मरण गरे ।

‘महानगरपालिकाको संख्या १० बनाउने, उपमहानगरपालिका १५ बनाउने, नगरपालिकाको संख्या २२५ बनाउने र गाउँ पालिकाको संख्या २५१ बनाएर स्थानीय तहको संख्या कुल ५०१ मात्रै गरियो भने वार्षिक करिब ३० अर्ब खर्च कम हुँदो रहेछ’, सांसद घिमिरेले भने ।

यो काम तत्काल सरकारले सुरु गर्नेपर्ने उनको आग्रह छ । स्थानीय तहको संख्या घटाउन सकिने र २०८४ को चुनाव अगाडि नै घटाउनुपर्ने उनको सुझाव छ ।

Published Date: 16 June 2025


ताजा
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?
दुई दिनको बिदाले अस्पतालमा बढायो बिरामीको चाप, भक्तपुर अस्पतालको टिकट काउन्टरमै तनाव


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु