सिन्धुपाल्चोकको सदरमुकाम चौतारास्थित ऐतिहासिक गौरती भिमसेन मन्दिर (फोटो फिचर)

सिन्धुपाल्चोकको सदरमुकाम चौतारास्थित ऐतिहासिक गौरती भिमसेन मन्दिर (फोटो फिचर) : Icon Khabar

सिन्धुपाल्चोक, असार २ । सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा, सागाँचोकगढी नगरपालिका वडा नम्बर ६ मा अवस्थित छ गौरती भीमसेनको ऐतिहासिक मन्दिर ।

यस्तो छ विश्वास प्राचीन कालमा जंगल रहेको सो डाँडामा गोठालाहरुले खर्क राखी गाई चराउने गर्थे। गाईले राति–राति एउटा ढिस्कोमा दूध चढाउने गरेको गोठालाहरूले पत्ता लगाएपछि भोलिपल्ट खनेर हेर्दा रगत देखा पर्नुको साथै दिव्य मूर्ति प्रकट भई दैनिक पूजा गरे भलो हुने बताउँदै अन्तर्ध्यान भएकाले सोही समयदेखि पूजाआजा गर्ने गरेको मान्यता रहेको छ। ‘गौ’ अर्थात गाईले राति दुध चढाएको कारण गौरती र भूमि खनेर उत्पत्ति भएकोले भूमेश्वर हुँदै कालान्तरमा भीमेश्वर हुन गएको मान्यता छ।

ऐतिहासिक कथन स्थानीय दलबहादुर कुँवर नाम गरेका व्यक्तिले सो कोमा वि. सं. १६४२ मा चढाएको ढलौटको घण्टाको आधारमा ४ सय ३१ वर्ष पहिलेदेखि पूजाआजा हुने गरेको तथ्य भेटिन्छ।

गौरती भीमेश्वरको मेला सिन्धुपाल्चोककै सबैभन्दा ठूलो मेला हो। मेला कार्तिक पूर्णिमादेखि पञ्चमीसम्म लाग्छ। चौताराको पुरानोबजार स्थित गुठीघरबाट भीमसेनको मूर्तिलाई रथमा लगी पूर्णिमाको रात गौरती मन्दिरमा रहेको मूर्तिसँग मिलन गराउने परम्परा छ। सिन्दुरे जात्रासहित मेला सम्पन्न गर्ने परम्परा छ। गौरती भीमेश्वर मेलाकै अवसरमा सरकारी पूजा समेत हुने गरेको छ। मेला भर्न छिमेकी जिल्ला काठमाडौं, भक्तपुर, ललितपुर, दोलखा र काभ्रेबाट समेत भक्तजन आउने गरेका छन्। सिन्धुपाल्चोकको सदरमुकाम चौताराबाट चार किलोमिटर उत्तरपश्चिममा पर्ने गौरतीडाँडामा अवस्थित भीमेश्वर मन्दिरसम्म पुग्न यातायातको सुविधा छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 16 June 2025
Website | + posts




ताजा
तीन महिनामा थपियो ५० अर्ब ६० करोड रुपैयाँ बराबर सरकारी ऋण
कर्णालीका हिमाली जिल्लाहरूमा अत्यधिक हिमपात
अबदेखि अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणको लागि शुल्क लाग्ने
राष्ट्रपति कार्यालयमा तोडफोड तथा लुटपाट गरेको आरोपमा तीन जना पक्राउ


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने