सिन्धुपाल्चोकको सदरमुकाम चौतारास्थित ऐतिहासिक गौरती भिमसेन मन्दिर (फोटो फिचर)

सिन्धुपाल्चोकको सदरमुकाम चौतारास्थित ऐतिहासिक गौरती भिमसेन मन्दिर (फोटो फिचर) : Icon Khabar

सिन्धुपाल्चोक, असार २ । सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा, सागाँचोकगढी नगरपालिका वडा नम्बर ६ मा अवस्थित छ गौरती भीमसेनको ऐतिहासिक मन्दिर ।

यस्तो छ विश्वास प्राचीन कालमा जंगल रहेको सो डाँडामा गोठालाहरुले खर्क राखी गाई चराउने गर्थे। गाईले राति–राति एउटा ढिस्कोमा दूध चढाउने गरेको गोठालाहरूले पत्ता लगाएपछि भोलिपल्ट खनेर हेर्दा रगत देखा पर्नुको साथै दिव्य मूर्ति प्रकट भई दैनिक पूजा गरे भलो हुने बताउँदै अन्तर्ध्यान भएकाले सोही समयदेखि पूजाआजा गर्ने गरेको मान्यता रहेको छ। ‘गौ’ अर्थात गाईले राति दुध चढाएको कारण गौरती र भूमि खनेर उत्पत्ति भएकोले भूमेश्वर हुँदै कालान्तरमा भीमेश्वर हुन गएको मान्यता छ।

ऐतिहासिक कथन स्थानीय दलबहादुर कुँवर नाम गरेका व्यक्तिले सो कोमा वि. सं. १६४२ मा चढाएको ढलौटको घण्टाको आधारमा ४ सय ३१ वर्ष पहिलेदेखि पूजाआजा हुने गरेको तथ्य भेटिन्छ।

गौरती भीमेश्वरको मेला सिन्धुपाल्चोककै सबैभन्दा ठूलो मेला हो। मेला कार्तिक पूर्णिमादेखि पञ्चमीसम्म लाग्छ। चौताराको पुरानोबजार स्थित गुठीघरबाट भीमसेनको मूर्तिलाई रथमा लगी पूर्णिमाको रात गौरती मन्दिरमा रहेको मूर्तिसँग मिलन गराउने परम्परा छ। सिन्दुरे जात्रासहित मेला सम्पन्न गर्ने परम्परा छ। गौरती भीमेश्वर मेलाकै अवसरमा सरकारी पूजा समेत हुने गरेको छ। मेला भर्न छिमेकी जिल्ला काठमाडौं, भक्तपुर, ललितपुर, दोलखा र काभ्रेबाट समेत भक्तजन आउने गरेका छन्। सिन्धुपाल्चोकको सदरमुकाम चौताराबाट चार किलोमिटर उत्तरपश्चिममा पर्ने गौरतीडाँडामा अवस्थित भीमेश्वर मन्दिरसम्म पुग्न यातायातको सुविधा छ।

 

 

Published Date: 16 June 2025


ताजा
जीवनोपयोगी शिक्षाको उज्यालो बाटो: अक्सफोर्ड प्राक्टिकल इंग्लिश स्कुलको प्रेरणादायी यात्रा
आईपीएल: सञ्जु सामसनको विष्फोटक ब्याटिङ, दिल्लीमाथि चेन्नईको ८ विकेटको शानदार जित
बुधबारका लागि विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान : पाँच प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा
समयसँग जुध्दै, सपनालाई आकार दिँदै: मनोरम बोर्डिङ्ग स्कुलको प्रेरणादायी यात्रा
मन्टेसरी एजुकेशन स्कूलको नवौं वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न