असारमा पनि बैंकहरुले घटाए ब्याजदर

असारमा पनि बैंकहरुले घटाए ब्याजदर : Icon Khabar

काठमाडौं, असार १ । असारमा पनि बैंकहरुले ब्याजदर घटाएका छन् । केहीले घटाउँदा कतिपयले भने जेठकै ब्याजदरलाई निरन्तरता दिएका छन् । तर यस महिना कुनै पनि ब्यजदर बढाएका भने छैनन् । ब्याजदर घट्दै जाँदा सेयर बजारसहितका क्षेत्रमा भने राहत पुग्ने देखिएको छ ।प्रणालीमा अधिक तरलता भएपछि बैंकहरुले निरन्तर ब्याजदर घटाउँदै आएका छन् ।

असारमा ५ बैंकको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर घटेको छ भने अरुले जेठ महिनाकै ब्यादरलाई निरन्तरता दिएका छन् । असार महिनाका लागि ब्याजदर घटाउने बैंकहरु कृषि विकास बैंक, कुमारी बैंक, एनएमबि बैंक, एभरेष्ट बैंक र एनआइसी एसिया बैंक रहेका छन् ।

असारमा वाणिज्य बैंकहरुको मुद्दति निक्षेपको ब्याजदर अ‍ैसतमा ५.९० प्रतिशत कायम भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि ब्याजदर न्यून विन्दुमा आएको हो । तर, कर्जा प्रवाह हुन सकेको छैन । ब्याजदर घट्दा कर्जा लिनेहरुलाई भने निकै ठूलो राहत हुन्छ । ब्याजदर घट्दा लगानीको वातावरण बनाउन भने सहयोग पुग्ने देखिन्छ ।

झन्डै डेढ वर्षदेखि बैंकहरु लगातारजसो ब्याजदर घटाउँदै आएका छन् । यद्यपि, अपेक्षा अनुसार कर्जा प्रवाह भने भएको छैन । पछिल्ला महिनाहरुमा बैंकह्रले लगातारजसो ब्याजदर घटाइरहेका छन् । प्रणालीमा अधिक तरलता अवस्था छ । कर्जा प्रवाह हुन सकेको छैन ।

नीतिगत अवरोधका कारण कर्जा प्रवाह हुन नसकेको बैंकहरुको आरोप छ । ब्याजदर घटाउँदै जाँदा अब बेस रेट पनि घट्दै जानेछ । यसले कर्जाको ब्याजदर पनि थप घट्नेछ । ब्याजदर घटेपछि कर्जा तथा लगानी विस्तार हुने अनुमान गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 15 June 2025
Website | + posts




ताजा
काठमाडौँमा अतिक्रमित सार्वजनिक जग्गा र मापदण्ड विपरीतका संरचना हटाउन निर्देशन
शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले बढ्यो
आजदेखि सिनेमा हलमा ‘परान’
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने