आइतबार नेप्से परिसूचक सामान्य बढ्यो

आइतबार नेप्से परिसूचक सामान्य बढ्यो : Icon Khabar

काठमाडौं, असार १ । आइतबार नेप्से परिसूचक २.१३ विन्दुले बढेर २६५७.५२ अंकमा आएको छ ।

आज ११ अर्ब ४४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । ३ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । उत्पादनमूलक समूहमा बढी तेजी देखिएको छ । यस समूहका कतिपय कम्पनीहरुको सेयर कारोबार बढेको छ भने मूल्यमा पनि सुधार भएको देखिन्छ । त्यसो त यो समूह निकै लामो समयदेखि बढ्न सकेको थिएन ।

आज ३ सय ८ कम्पनीको २ करोड ५३ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ८९ करोड रुपैयाभन्दा बढीसहित कारोबार रकममा सानिमा माई हाइड्रोपावर अग्रस्थानमा आएको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः ङादी ग्रुप पावर र बुटवल पावर कम्पनी परेका छन् ।

Published Date: 15 June 2025
ताजा
आगामी चैत ३० गते आयुर्वेद चिकित्साको लाइसेन्स परीक्षा हुने
मध्यपूर्व युद्ध: ऊर्जा पूर्वाधारलाई लक्षित आक्रमणसँगै थप गम्भीर मोडमा
बिहीबार नेप्से परिसूचक ६४.६७ अंकले बढ्यो
अर्जेन्टिनी सुपरस्टार लियोनल मेसीले गरे आफ्नो करियर ९०० गोल पूरा


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता