आइतबार नेप्से परिसूचक सामान्य बढ्यो

आइतबार नेप्से परिसूचक सामान्य बढ्यो : Icon Khabar

काठमाडौं, असार १ । आइतबार नेप्से परिसूचक २.१३ विन्दुले बढेर २६५७.५२ अंकमा आएको छ ।

आज ११ अर्ब ४४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । ३ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । उत्पादनमूलक समूहमा बढी तेजी देखिएको छ । यस समूहका कतिपय कम्पनीहरुको सेयर कारोबार बढेको छ भने मूल्यमा पनि सुधार भएको देखिन्छ । त्यसो त यो समूह निकै लामो समयदेखि बढ्न सकेको थिएन ।

आज ३ सय ८ कम्पनीको २ करोड ५३ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ८९ करोड रुपैयाभन्दा बढीसहित कारोबार रकममा सानिमा माई हाइड्रोपावर अग्रस्थानमा आएको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः ङादी ग्रुप पावर र बुटवल पावर कम्पनी परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 15 June 2025
Website | + posts




ताजा
रेशम चौधरीले पार्टी अध्यक्षमा अघि सारे २७ वर्षीय ‘जेनजी’
यूएईसँग नेपालको हार
आज रातिदेखि भारी वर्षा हुने, शनिबारसम्मै वर्षा कायम रहने
बीपी राजमार्ग पुनर्निर्माणका लागि नेपाल सरकार र जापान सरकारबीच अनुदान सम्झौता


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने