नेपाली फिल्म ‘महाभोज’ आज शुक्रबारदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा

नेपाली फिल्म ‘महाभोज’ आज शुक्रबारदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा : Icon Khabar

काठमाडौं, जेठ ३० । नेपाली फिल्म ‘महाभोज’ आज शुक्रबारदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आएको छ ।

दिनेश राउत निर्देशित यस फिल्मले करिब २०० शोसहित सार्वजनिक प्रदर्शनको सुरुवात गरेको हो । दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, र गौमाया गुरुङको मुख्य भूमिका रहेको यो चलचित्रले दर्शकमाझ राम्रो प्रभाव पार्ने अपेक्षा गरिएको छ। ।

काठमाडौंमा केही दिनअघि प्रिमियर भइसकेको ‘महाभोज’ को टोलीले हालै पोखरा र बुटवलमा पनि विशेष शो आयोजना गरेको थियो । यसै क्रममा बिहीबार एकै दिन विराटनगर र धरानमा पनि भव्य प्रिमियर शोहरू सम्पन्न गरिएका छन् । यी प्रिमियरहरूमा सहभागी दर्शकहरूले चलचित्रप्रति निकै उत्साह देखाएका छन् ।

हाल फिल्मको स्वतन्त्र समीक्षा र दर्शक प्रतिक्रियालाई महत्त्व दिने प्रचलन बढिरहेका बेला ‘महाभोज’ ले व्यापक सकारात्मक प्रतिक्रिया पाइरहेको छ । यसले गर्दा फिल्मले दर्शकको मौखिक प्रचार मार्फत निकै राम्रो दर्शक पाउने निश्चित देखिएको छ ।

काठमाडौं उपत्यका बाहिरका प्रिमियर शोहरूमा कलाकारहरू आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महतका साथै निर्देशक दिनेश राउत पनि उपस्थित थिए । चलचित्र युनिटले प्रिमियरबाट प्राप्त दर्शकको प्रतिक्रियाले आफूहरू निकै उत्साहित भएको बताएको छ ।

प्रिमियर शोहरूमा समाजका प्रतिष्ठित व्यक्तिहरू, पत्रकारहरू, र केही सहकारी पीडितहरू पनि सहभागी थिए । विशेष गरी सहकारी पीडितहरूले यो फिल्म सबैले हेरेर राज्यलाई व्यापक दबाब दिनुपर्ने प्रतिक्रिया दिएका छन् । उनीहरूले चलचित्रले यथार्थपरक चित्रण गरेको र न्यायका लागि आवाज उठाउन प्रेरित गर्ने बताए। । अन्य दर्शकहरूले भने चलचित्रले मनोरञ्जनका साथै आम नेपालीलाई ठुलो चेतना दिएको बताएका छन् ।

‘महाभोज’ क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त प्रस्तुतिमा बनेको चलचित्र हो । यसका निर्माता हिमाल कडरिया हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 13 June 2025
Website | + posts




ताजा
तीन महिनामा थपियो ५० अर्ब ६० करोड रुपैयाँ बराबर सरकारी ऋण
कर्णालीका हिमाली जिल्लाहरूमा अत्यधिक हिमपात
अबदेखि अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणको लागि शुल्क लाग्ने
राष्ट्रपति कार्यालयमा तोडफोड तथा लुटपाट गरेको आरोपमा तीन जना पक्राउ


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने