नेपाली फिल्म ‘महाभोज’ आज शुक्रबारदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा

नेपाली फिल्म ‘महाभोज’ आज शुक्रबारदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा : Icon Khabar

काठमाडौं, जेठ ३० । नेपाली फिल्म ‘महाभोज’ आज शुक्रबारदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आएको छ ।

दिनेश राउत निर्देशित यस फिल्मले करिब २०० शोसहित सार्वजनिक प्रदर्शनको सुरुवात गरेको हो । दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, र गौमाया गुरुङको मुख्य भूमिका रहेको यो चलचित्रले दर्शकमाझ राम्रो प्रभाव पार्ने अपेक्षा गरिएको छ। ।

काठमाडौंमा केही दिनअघि प्रिमियर भइसकेको ‘महाभोज’ को टोलीले हालै पोखरा र बुटवलमा पनि विशेष शो आयोजना गरेको थियो । यसै क्रममा बिहीबार एकै दिन विराटनगर र धरानमा पनि भव्य प्रिमियर शोहरू सम्पन्न गरिएका छन् । यी प्रिमियरहरूमा सहभागी दर्शकहरूले चलचित्रप्रति निकै उत्साह देखाएका छन् ।

हाल फिल्मको स्वतन्त्र समीक्षा र दर्शक प्रतिक्रियालाई महत्त्व दिने प्रचलन बढिरहेका बेला ‘महाभोज’ ले व्यापक सकारात्मक प्रतिक्रिया पाइरहेको छ । यसले गर्दा फिल्मले दर्शकको मौखिक प्रचार मार्फत निकै राम्रो दर्शक पाउने निश्चित देखिएको छ ।

काठमाडौं उपत्यका बाहिरका प्रिमियर शोहरूमा कलाकारहरू आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महतका साथै निर्देशक दिनेश राउत पनि उपस्थित थिए । चलचित्र युनिटले प्रिमियरबाट प्राप्त दर्शकको प्रतिक्रियाले आफूहरू निकै उत्साहित भएको बताएको छ ।

प्रिमियर शोहरूमा समाजका प्रतिष्ठित व्यक्तिहरू, पत्रकारहरू, र केही सहकारी पीडितहरू पनि सहभागी थिए । विशेष गरी सहकारी पीडितहरूले यो फिल्म सबैले हेरेर राज्यलाई व्यापक दबाब दिनुपर्ने प्रतिक्रिया दिएका छन् । उनीहरूले चलचित्रले यथार्थपरक चित्रण गरेको र न्यायका लागि आवाज उठाउन प्रेरित गर्ने बताए। । अन्य दर्शकहरूले भने चलचित्रले मनोरञ्जनका साथै आम नेपालीलाई ठुलो चेतना दिएको बताएका छन् ।

‘महाभोज’ क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त प्रस्तुतिमा बनेको चलचित्र हो । यसका निर्माता हिमाल कडरिया हुन् ।

Published Date: 13 June 2025


ताजा
जीवनोपयोगी शिक्षाको उज्यालो बाटो: अक्सफोर्ड प्राक्टिकल इंग्लिश स्कुलको प्रेरणादायी यात्रा
आईपीएल: सञ्जु सामसनको विष्फोटक ब्याटिङ, दिल्लीमाथि चेन्नईको ८ विकेटको शानदार जित
बुधबारका लागि विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान : पाँच प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा
समयसँग जुध्दै, सपनालाई आकार दिँदै: मनोरम बोर्डिङ्ग स्कुलको प्रेरणादायी यात्रा
मन्टेसरी एजुकेशन स्कूलको नवौं वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न