भारतीय प्रधानमन्त्री मोदी पुगे अहमदाबादस्थित विमान दुर्घटनास्थल

भारतीय प्रधानमन्त्री मोदी पुगे अहमदाबादस्थित विमान दुर्घटनास्थल : Icon Khabar

काठमाडौं, जेठ ३० । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी २४१ जना यात्रुको मृत्यु भएको विमान दुर्घटनास्थलमा पुगेका छन् ।

शुक्रबार दुर्घटनास्थलमा पुगेर करिब २० मिनेट विताएका उनले भग्नावशेषको अवलोकनसँगै स्थानीय अधिकारीहरुबाट जारी अनुसन्धान, खोज/उद्धार कार्यबारे जानकारी लिएको बेलायती समाचार संस्था बीबीसीले जनाएको छ ।

घटनास्थलमा पुगेर उनले सञ्चारकर्मीहरुसँग बोलेनन् । तर, घटनास्थल वरिपरि हिँडेको र ब्रिफिङ लिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएका छन् । उनीसँग नागरिक उड्डयन मन्त्री किन्जारापु राम मोहन नायडुसहित अन्य वरिष्ठ अधिकारीहरु पनि त्यहाँ पुगेका थिए ।

अहमदाबादबाट लन्डनतर्फ उडेको एक मिनेटभित्रै बिहीबार एयर इन्डियाको बोइङ ७८७–८ ड्रीमलाइनर विमान दुर्घटनाग्रस्त भएको थियो । विमानस्थल नजिकै रहेको चिकित्सकहरुको आवासीय क्षेत्रमा विमान खस्दा भवनमा भएका मानिसहरु समेत गम्भीर घाइते भएका थिए ।

विमानमा सवारमध्ये एक जना यात्रु मात्र बाँच्न सफल भएका थिए । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा जीवित रहेका व्यक्ति भारतीय मुलका बेलायती नागरिक ४० वर्षीय विश्वास कुमार रमेश हुन् । उनको छाती, आँखा र खुट्टामा चोट लागेको छ ।

भारतमा आफन्त भेट्न आएका विश्वास आफ्ना दाजु अजयकुमार रमेशसँग बेलायत फर्किँदै दिए । हिन्दुस्तान टाइम्ससँग कुरा गर्दै उनले भनेका छन्, ‘टेकअफ गरेको ३० सेकेण्डमै ठूलो आवाज आयो र त्यसपछि विमान दुर्घटनाग्रस्त भयो । सबै कुरा एकैचोटी भयो ।’

विमानको पुच्छरपट्टीको भाग भवनको छतमा अड्किएको तस्वीरहरु सार्वजनिक भएका छन् ।

भारतीय अधिकारीहरुका अनुसार, दुर्घटनाग्रस्त विमानमा ११ बालबालिकासहित २४२ जना यात्रु सवार थिए । तीमध्ये १६९ जना भारतीय, ५३ जना बेलायती, ७ जना पोर्चुगिज र १ जना क्यानाडेली रहेको एयर इन्डियाले जनाएको छ ।

Published Date: 13 June 2025


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी