भारतबाट फर्किने तीन जनामा कोरोना संक्रमण पुष्टि

भारतबाट फर्किने तीन जनामा कोरोना संक्रमण पुष्टि : Icon Khabar

धनगढी, जेठ २९ । भारतबाट फर्किने तीन जनामा आज कोरोना पुष्टि भएको छ ।

गौरीफन्टा नाकामा गरिएको परीक्षणमा तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा शंकास्पद् ३१ जनाको नाकामा परीक्षण गरिएको थियो ।

भारतमा कोरोना संक्रमण बढेपछि त्यहाँबाट फर्किने नेपालीहरुमा पनि संक्रमण देखा परिरहेको छ । कोरोना संक्रमण देखिन थालेपछि सुदूरपश्चिम प्रदेशको गौरीफन्टा, गड्डाचौकी, पुलघाट र झुलाघाट नाकामा हेल्थ डेस्क स्थापना गरेर जाँच गर्ने कार्य भइरहेको निर्देशनालयका भेक्टर कन्ट्रोल सुपरभाइजर अधिकृत हेमराज जोशीले बताए। उनले नाकाहरुमा साढे तीन सय परीक्षण किट पठाइएको जानकारी दिए।

जेठ २१ गतेदेखि हालसम्म सुदूरपश्चिम प्रदेशमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये आठ जना निको भइसकेको निर्देशनालयले जानकारी दिएको छ । संक्रमितहरुमा साधारण लक्षण देखिने गरेकाले घरमै आइसोलेसनमा बस्ने गरी पठाउने गरेको जोशीले जानकारी दिए।

Published Date: 12 June 2025




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न