भारतबाट फर्किने तीन जनामा कोरोना संक्रमण पुष्टि

भारतबाट फर्किने तीन जनामा कोरोना संक्रमण पुष्टि : Icon Khabar

धनगढी, जेठ २९ । भारतबाट फर्किने तीन जनामा आज कोरोना पुष्टि भएको छ ।

गौरीफन्टा नाकामा गरिएको परीक्षणमा तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा शंकास्पद् ३१ जनाको नाकामा परीक्षण गरिएको थियो ।

भारतमा कोरोना संक्रमण बढेपछि त्यहाँबाट फर्किने नेपालीहरुमा पनि संक्रमण देखा परिरहेको छ । कोरोना संक्रमण देखिन थालेपछि सुदूरपश्चिम प्रदेशको गौरीफन्टा, गड्डाचौकी, पुलघाट र झुलाघाट नाकामा हेल्थ डेस्क स्थापना गरेर जाँच गर्ने कार्य भइरहेको निर्देशनालयका भेक्टर कन्ट्रोल सुपरभाइजर अधिकृत हेमराज जोशीले बताए। उनले नाकाहरुमा साढे तीन सय परीक्षण किट पठाइएको जानकारी दिए।

जेठ २१ गतेदेखि हालसम्म सुदूरपश्चिम प्रदेशमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये आठ जना निको भइसकेको निर्देशनालयले जानकारी दिएको छ । संक्रमितहरुमा साधारण लक्षण देखिने गरेकाले घरमै आइसोलेसनमा बस्ने गरी पठाउने गरेको जोशीले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 12 June 2025
Website | + posts


ताजा
देउवा, ओली र प्रचण्डलाई राष्ट्रपतिको सन्देश : कार्कीलाई सरकारको नेतृत्व हस्तान्तरण गर्दै छु
शनिबारसम्म लम्बियो काठमाडौं उपत्यकाको निषेधाज्ञा र कर्फ्यु
आज कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
भक्तपुर मोडर्नमा मतदान र खाद्य प्रदर्शनी सम्पन्न
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
राजु कर्माचार्यको आफ्नै शब्द, संगीत र स्वरमा सजिएको नयाँ गीत “आफ्नो मान्छे” सार्वजनिक