गर्मीमा तातो हावा ‘लु’बाट कसरि बच्ने ?

गर्मीमा तातो हावा ‘लु’बाट कसरि बच्ने ? : Icon Khabar

काठमाडौं, जेठ २७ । गर्मीयाम बढ्दै जाँदा तातो हावाका कारण मानव स्वास्थ्यमा विभिन्न असरहरू देखिन थालेका छन् । विशेषगरी तराईका जिल्लाहरूमा अत्यधिक गर्मीका कारण ‘लु’ लाग्ने समस्या देखिन थालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तापक्रम उच्च हुने स्थानहरूमा चैतदेखि असारसम्म यो समस्या देखिने गरेको छ । सामान्य अवस्थामा मानिसको शरीरको तापक्रम ९८ डिग्री फरेनहाइट हुन्छ । तर, बाहिरी वातावरणका कारण शरीरको तापक्रम १०६ डिग्री फरेनहाइटभन्दा बढी भएमा व्यक्तिको दिमागसम्म असर पुग्न गई विभिन्न अंगमा देखिने विभिन्न असर नै लु अर्थात् हिट् स्ट्रोक हो ।

लगातार शरीरबाट पसिना आई नुनको मात्रा कम हुन पुगी विभिन्न अंगमा असर पुर्‍याउने, डिहाइड्रेसन हुने, मुटुको चाल बढ्ने, श्वासप्रश्वासमा समस्या हुने, रक्तचाप कम हुनेजस्ता समस्या देखिन्छन् । त्यस्तै, टाउको अत्यधिक दुख्ने, चक्कर लाग्ने, अचेत हुने, छाला सुक्खा र रातो हुनेजस्ता समस्या पनि ‘लु’का लक्षण हुन् ।

यस्ता असरहरू देखिएका बिरामीलाई तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा पुर्‍याउन पनि मन्त्रालयले आग्रह गरेको छ ।

विशेषगरी बालबालिका, वृद्धवृदा, गर्मीमा रहेर काम गर्ने, खेल्ने व्यक्तिहरूमा ‘लु’को समस्या बढी हुने गरेको पाइएको छ । तर, अत्यधिक गर्मी हुने स्थानमा जो कोहीलाई पनि यो समस्या हुन सक्ने भएकाले सचेत हुन चिकित्सकहरू सुझाव दिन्छन् ।

‘लु’बाट बच्न सकेसम्म गर्मीमा बाहिर नहिँड्ने, गर्मी भए पनि सबै कपडा खोलेर नबस्ने, प्रशस्त पानी पिउने, शरीरमा चिसो पानी छर्कने, बरफका टुक्राहरूले सेक्ने, बस्ने स्थानलाई शीतल राख्नेजस्ता उपाय अपनाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 10 June 2025
Website | + posts










ताजा
बासु माध्यमिक विद्यालयमा कक्षा १० को विदाइ तथा कक्षा ११ को स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न
काठमाडौंको सार्वजनिक स्थलहरूमा धुम्रपान गरे रू पाँच सय जरिवाना तिर्नुपर्ने
सबै सरकारी अस्पतालले हरेक शुक्रबार बिहान एक घण्टा लामखुट्टेको लार्भा नष्ट गर्नुपर्ने
नयाँ नोट छाप्नका लागि राष्ट्र बैंकद्वारा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान










ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट