देशमा एक महिनामै भित्रियो १ खर्ब ६५ अर्ब रुपैयाँको रेमिट्यान्स

देशमा एक महिनामै भित्रियो १ खर्ब ६५ अर्ब रुपैयाँको रेमिट्यान्स : Icon Khabar

काठमाडौं, जेठ २७ । एक महिनाको अवधिमा १ खर्ब ६५ अर्ब ३० करोड रेमिट्यान्स भित्रिएको छ । २०८२ वैशाखमा मात्र विप्रेषण आप्रवाहले कीर्तिमान बनाएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

यसअघि एकै महिनामा यो मात्रामा रेमिट्यान्स भित्रिएको थिएन । यसअघि फागुन २०८१ मा सबैभन्दा धेरै १ खर्ब ५१ अर्ब २० करोड रेमिट्यान्स भित्रिएर कीर्तिमान बनेको थियो । यो कीर्तिमान वैशाखमै तोडिएको हो ।

यससँगै चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनाको अवधिमा साढे १३ खर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार वैशाख मसान्तसम्म १३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो ।

यो अघिल्लो आवको यसै अवधिको तुलनामा १३.३ प्रतिशत धेरै हो । अघिल्लो आवमा यो वृद्धि १६.९ प्रतिशतले वृद्धि भएको थियो ।

गत वर्ष वैशाखमा १ खर्ब १५ अर्ब ९९ करोड रुपैयाँ मात्र भित्रिएको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.५ प्रतिशतले बढेर ९ अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्ष १४.८ प्रतिशतले बढेको छ

Published Date: 10 June 2025


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग