भक्तपुर दरबार म्युजिकल फेस्टिभल २०८२ सम्पन्न

भक्तपुर दरबार म्युजिकल फेस्टिभल २०८२ सम्पन्न : Icon Khabar

भक्तपुर, जेठ १८ । संगीत ग्राम गुरूकूल नेपाल प्रोजेक्ट ‘सुरिलो भक्तपुर’ भक्तपुरको प्रस्तुति “भक्तपुर दरबार म्युजिकल फेस्टिभल २०८२ ” आइतबारको सम्पन्न भएको छ।

सिथि नखा: पर्वको दिन सो सांगीतिक कार्यक्रम भक्तपुर दरबार क्षेत्रमा अवस्थित विद्यार्थी निकेतन माध्यमिक विद्यालयमा समपन्न भएको हो। कार्यक्रममा भक्तपुरका विभिन्न कलाकार, वाद्य वादक, गायक गायिकाहरुद्वारा प्रस्तुति दिएका थिए।

वरिष्ठ रचनाकार सुवास चन्द्र ढुंगेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वरिष्ठ शास्त्रीय गायिका संगीता राणा प्रधान लगायतका कलाकारहरुले सांस्कृतिक संगीत, मौलिक संगीत, लोक संगीत, फ्युजन संगीत, शास्त्रीय संगीत प्रस्तुत गरेका थिए।

कार्यक्रम संगीत ग्राम गुरूकूल नेपालका निर्देशक सुनिल लोहलाको सभापतित्वमा सम्पन्न भएको हो। भक्तपुरका लोकप्रिय कलाकारहरु इन्दिरा लाछिम्सयु, सत्यनारायण मानन्धर, लक्ष्मण पलिखेल, अल्बर्ट बजार्चार्य, , शर्मिला मुलेपति, बद्रीनारायण ताम्राकार, प्रविन शाही लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

Published Date: 02 June 2025
ताजा
प्रतिनिधिसभा निर्वाचन २०८२: भक्तपुर–१ मा रुकेश रंजित ९,१२३ मत प्राप्त गरी अगाडि, प्रेम सुवाल पछ्याउँदै
प्रतिनिधिसभा निर्वाचन २०८२: भक्तपुर–१ मा रुकेश रंजित ९,१२३ मत प्राप्त गरी अगाडि, प्रेम सुवाल पछ्याउँदै
काठमाडौं–१ मा ‘घन्टी’को दबदबा: रास्वपाकी रञ्जु दर्शनाको जित लगभग निश्चित, प्रतिस्पर्धी धेरै पछाडि
तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले अग्रस्थानमा


ट्रेन्डिङ
चाँगुनारायण मन्दिर जाने सडकमै मोटरसाइकलसँग २५ रुपैयाँ असुली, यात्रुहरूको गुनासो
नवदम्पतीलाई यौन जीवनबारे केही सुझाव : स्वस्थ सम्बन्धको आधार आपसी समझदारी
बिहिबार सुनको भाउ प्रतितोला ४ हजार ३ सय रुपैयाँले बढ्यो
शुक्रबार सुनको भाउ घट्यो