ग्वार्को चोकमा निर्माणाधीन फ्लाईओभरका कारण दैनिक ट्राफिक जाम

ग्वार्को चोकमा निर्माणाधीन फ्लाईओभरका कारण दैनिक ट्राफिक जाम : Icon Khabar

काठमाडौं, फागुन २ । ललितपुरको ग्वार्को चोकमा निर्माणाधीन फ्लाईओभरका कारण काठमाडौं उपत्यकाको प्रमुख चोकमा दैनिक ट्राफिक जाम हुने गरेको छ ।

गत शनिबार ग्वार्को चोकमा रहेको फ्लाईओभर निर्माणको काम सुरु भएपछि ट्राफिक जामको समस्या बढ्दै गएको छ ।

तत्कालका लागि कोटेश्वरदेखि सातदोबाटोसम्म जाने यात्रुवाहक सवारीसाधन, मालवाहक ट्रक र दुईपाङ्ग्रे सवारी साधनलाई सर्भिस लेन प्रयोग गर्ने व्यवस्था मिलाइएको छ भने साना चारपाङ्ग्रे सवारी साधनलाई द्रुतमार्ग प्रयोग गर्न निर्देशन दिइएको छ । तर यो व्यवस्थाले पनि ट्राफिक जाम कम गर्न सकेको छैन ।

यो फ्लाईओभर कोटेश्वर र कलङ्की बीचको चक्रपथ खण्डमा निर्माण हुने तीनवटा संरचनामध्ये एक हो जहाँ ट्राफिक जाम हुने गरेको छ ।ललितपुरको ग्वार्को चोकमा रहेको फ्लाईओभर १४ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।

चक्रपथ विस्तार आयोजनाअन्तर्गत कोटेश्वरदेखि कलङ्कीसम्मका तीनवटा भीडभाड हुने क्षेत्रमा फ्लाईओभर निर्माण हुने भएको छ । योजना अनुसार ग्वार्को चोकमा पहिलो फ्लाईओभर निर्माण हुन लागेको हो । ६ मिटर अग्लो फ्लाईओभर अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण हुनेछ । फ्लाईओभरको कुल लम्बाइ ४५५ मिटर र ग्राउण्ड क्लियरेन्स ६ मिटर हुनेछ ।

ग्वार्को काठमाडौं उपत्यका भित्र ट्राफिक जाम हुने धेरै क्षेत्र मध्ये एक हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 14 February 2023
Website | + posts