बागीश्वरी माध्यमिक विद्यालयको नवनिर्मित दुुईवटा भवनको उद्घाटन

बागीश्वरी माध्यमिक विद्यालयको नवनिर्मित दुुईवटा भवनको उद्घाटन : Icon Khabar

भक्तपुर , फागुन २ । भक्तपुरको च्यामसिंहमा अवस्थित बागीश्वरी माध्यमिक विद्यालयको नवनिर्मित दुुईवटा भवनको आज संयुक्त रुपमा उद्घाटन भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) मार्फत आज सो भवनहरुको उद्घाटन भएको हो।

भक्तपुर नगरपालिकाका प्रमुख एवम् बागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले ताम्रपत्र अनावरण र रिबन काटेर उद्घाटन गरेका थिए। कार्यक्रममा नगर प्रमुख प्रजापतिले बागीश्वरी मावि भक्तपुरको मात्र नभई देशकै नमुना विद्यालय भएको बताउँदै प्रमुख प्रजापतिले सामुदायिक शिक्षामा विद्यार्थीको पहिलो रोजाइ हुन सफल बागीश्वरीमा नर्सरीदेखि स्नातकोत्तर तहसम्मको अध्ययन अध्यापन भइरहेको बताए ।

कुनै पनि बन्द, हड्तालमा भक्तपुरका विद्यालय तथा कलेजहरु बन्द नहुनु नै भक्तपुरको शैक्षिक विशेषता भएको बताउदै उनले देशको शैक्षिक संस्थाहरुमा भक्तपुर नपाबाट सञ्चालित कलेजहरुले शैक्षिक गुणस्तरमा उचाइ प्राप्त गरिरहेको कुरा बताए।

उक्त कार्यक्रममा बोल्दै बागीश्वरी मावि व्यवस्थापन समितिका अध्यक्ष तथा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले बागीश्वरीले देशको शैक्षिक प्रगतिमा उल्लेखनीय भूमिका खेल्दै आएको चर्चा गरे । उनले भवन निर्माणमा सहयोगी सम्पूर्णमा विद्यालय परिवारको तर्फबाट धन्यवाद ज्ञापन गर्दै उहाँले जुन उद्देश्यले विद्यालय भवन निर्माण भएको हो, त्यो उद्देश्य प्राप्तिको लागि विद्यालय परिवार दत्तचित्त भएर अगाडि बढ्ने प्रष्ट पारे ।

सी.एल.पी.आइ.यु.का प्रमुख डिल्लीराम लुईटेलले २०७२ सालको भूकम्पपश्चात नेपाल सरकारले ८ हजारभन्दा बढी विद्यालय भवन निर्माण गरिरहेको जानकारी गराए । डी.एल.पी.आइ.यु.का प्रमुख रमेश मैनालीले नवनिर्मित भवनसँगै लाखौं विद्यार्थीहरुको भविष्य जोडिएको बताउँदै उत्कृष्ट नेतृत्वकै कारण बागीश्वरीको शैक्षिक सफलता सम्भव भएको बताए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले भवन निर्माणको आय–व्यय प्रस्तुत गर्दै बागीश्वरीको नया“ भवनबाट छिटै व्यवस्थित रुपमा कक्षा सञ्चालन हुने जानकारी दिए।

सोही समारोहमा डीएलपीआइयु प्रमुख मैनालीले भक्तपुर नगरपालिकाका प्रमुख प्रजापतिलाई विद्यालय भवनको साँचो हस्तान्तरण गरेको थियो साथै नगर प्रमुख प्रजापतिले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रबिन्द्र ज्याख्वलाई उक्त साँचो हस्तान्तरण गरेका थिए।

Published Date: 14 February 2023


ताजा
उपत्यकाका तीनै जिल्लामा बर्डफ्लुको संक्रमण तीव्, उपत्यका बन्यो बर्डफ्लुको ‘हटस्पट’ क्षेत्र
भक्तपुर नगरपालिकाको आ.व. २०८३/८४ को नीति तथा कार्यक्रम सर्वसम्मतिबाट पारित
सोमबार नेप्से परिसूचक १.४६ अंकले घट्यो
असार ८ गतेसम्म देशभर जम्मा ४.२ प्रतिशतमात्रै धान रोपाइँ, बागमतीमा ३.२ प्रतिशत मात्रै


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी