मदिरा, बियर, सुर्ती र चुरोटमा बढ्यो भन्सार महसुल दर

मदिरा, बियर, सुर्ती र चुरोटमा बढ्यो भन्सार महसुल दर : Icon Khabar

काठमाडौँ, जेठ १५ । सरकारले मदिरा, बियर, सुर्ती र चुरोटको आयातमा लाग्दै आएको भन्सार महसुल दर बढाएको छ । आगामी आर्थिक वर्षको बजेट ल्याउँदै अर्थमन्त्री विष्णु पौडेलले भन्सार दर बढेको बताएका हुन् ।

‘मदिरा, बियर, सुर्ती र चुरोटको आयातमा लाग्दै आएको भन्सार महसुल दरमा वृद्धि गरेको छु,’ उनले भने ।

भन्सार महसुलका केही दरमा समायोजन गरेको समेत उनले जनाए । ‘विद्यमान अन्त:शुल्क दरमा सामान्य वृद्धि गरेको छु,’ उनले भने, ‘स्वास्थ्य जोखिम करको दायरा विस्तार गरेको छु ।’

Published Date: 29 May 2025


ताजा
सुनसरीको संवेदनशील अवस्था समाधान गर्न सरकार सक्रिय, नागरिकलाई संयमित रहन प्रधानमन्त्रीको आग्रह
शिल्पा सेट्ठी काठमाडौंमा, सोल्टीमा हुँदैछ एसीई ग्लोबल कन्भेन्सन
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
१० आरोही सम्पर्कविहीन, ब्रोड पिक फेरि चर्चामा: किन जोखिमपूर्ण छ यो हिमाल?


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु