नेपालमा पनि ७ जना नयाँ कोरोना संक्रमण पुष्टि

नेपालमा पनि ७ जना नयाँ कोरोना संक्रमण पुष्टि : Icon Khabar

काठमाडौं, जेठ १३ । छिमेकी मुलुक चीन र भारतमा पुनः कोरोना संक्रमणको दर बढ्न थालेपछि नेपाल सरकारले पनि सतर्कता अपनाउन सुरु गरेको छ। भारतमा कोरोना संक्रमणको वृद्धिपछि नेपालमा पनि त्यसको असर देखिने विगतका अनुभवले स्वास्थ्य निकायहरूलाई सचेत बनाएको छ।

हालसालैको परीक्षण अनुसार नेपालमा ७ जना नयाँ कोरोना संक्रमित पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमीत हुनेमा एक जना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट र ६ जना काभ्रेपलाञ्चोक जिल्लाका छन् ।

संक्रमण पुष्टि भएकामध्ये सबैको अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीहरूसँग सम्पर्कमा रहेका छन्। हालसम्म संक्रमित संख्या कम भएकाले जीन सिक्वेन्सिङ गरिएको छैन, तर संख्या बढेमा परीक्षण गरिने स्रोतले जनाएको छ।

स्वास्थ्य मन्त्रालयले सातै प्रदेशका स्वास्थ्य निर्देशनालयलाई तयारी अवस्थामा रहन निर्देशन दिइसकेको छ। परीक्षण कीट आपूर्ति र खरिदका लागि आवश्यक तयारी भइरहेको पनि मन्त्रालय स्रोतले जनाएको छ।=

छिमेकी राष्ट्रहरूमा देखिएको कोरोना प्रजाति कडा नभए पनि वृद्ध र दीर्घरोगीहरूमा जोखिम उच्च हुने भएकाले सतर्कता अपनाउन आवश्यक रहेको स्वास्थ्य विज्ञहरुले बताएका छन् । उनिहरुले भिडभाडमा मास्क प्रयोग गर्न, हात धुनु र व्यक्तिगत स्वच्छता कायम गर्न सबै नागरिकलाई आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 May 2025
Website | + posts


ताजा
वीरगञ्जमा हैजा समुदायस्तरमा फैलिरहेको संकेत
सार्वजनिक यातायात केन्द्रीय महासंघद्वारा इम्बोस्ड नम्बर प्लेट जडान नगर्न आह्वान
स्वस्थ जीवनशैलीका लागि सन्तुलित भोजन र नियमित व्यायाम आवश्यक
तीजको लागि आज पशुपतिनाथ क्षेत्रमा स्वास्थ्यकर्मी तथा एम्बुलेन्ससहित करिब ७ सय जना जनशक्ति परिचालन


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू