युवा संघमा क्षितिज थेबेको प्यानलै निर्वाचित

युवा संघमा क्षितिज थेबेको प्यानलै निर्वाचित : Icon Khabar

काठमाडौं, जेठ १३ । सत्तारुढ नेकपा एमालेको भ्रातृ संगठन युवा संघको अध्यक्षमा क्षितिज थेबे निर्वाचित भएका छन्। निवर्तमान अध्यक्ष समेत रहेका क्षितिज थेबेको प्यानलै विजयी भएको हो ।

यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन प्रक्रियामा जान नदिई थेबेलाई अध्यक्ष बनाएका थिए । यस पटक भने उनी निर्वाचन प्रक्रियाबाट निर्वाचित भए । पोखरामा जारी अधिवेशनमा थेबेले प्रतिस्पर्धी सुमन पुरीलाई पराजित गरे ।

निर्वाचनमा १४०४ मत खसेको थियो । थेबेले १८८ मतले सुमन पुरीलाई पछाडि पारे । यद्यपि, निर्वाचन समितिले औपचारिक घोषणा गर्न भने बाँकी छ । निर्वाचित हुने थेबेलाई एमाले उपाध्यक्ष एवम् अर्थमन्त्री विष्णु पौडेलको साथ थियो भने पुरीलाई महासचिव शंकर पोखरेलको साथ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 May 2025
Website | + posts




ताजा
तिहारमा विदेशी फूलमाला ल्याएर बिक्री गरे महानगरले कारवाही गर्ने, स्वदेशी फूल बेच्न काठमाडाैंमा ताेकियाे ३२ स्थान
सुन आयातको सीमा बढ्यो, २० किलोबाट बढेर अब दैनिक २५ किलो ल्याउन पाउने
जेनजी आन्दोलनका क्रममा जलेर नष्ट भएको उत्तरपुस्तिकाको परीक्षा पुनः गर्ने त्रिविको निर्णय
शुक्रबार सुनको भाउ प्रतितोला ४ हजार २ सय रुपैयाँले घट्यो


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित