राष्ट्रिय क्रिकेट टोलीका कप्तान पौडेलद्वारा एकदिवसीय क्रिकेटमा एक हजार रन पुरा

राष्ट्रिय क्रिकेट टोलीका कप्तान पौडेलद्वारा एकदिवसीय क्रिकेटमा एक हजार रन पुरा : Icon Khabar

काठमाडौं, फागुन २ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पुरा गरेका छन् ।

आइसिसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय मैदानमा नामिबियाविरुद्ध ५५ रन बनाएर रोहित एकदिवसीय क्रिकेटमा १००० रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् ।

नेपालका लागि पौडेलले ३२ ओडीआई खेलेका छन् भने आजको यो खेलसँगै उनले ३३ खेल खेलेका छन् । उनले एकदिवसीयमा १ शतक र ६ अर्धशतक बनाएका छन् । एकदिवसीय क्रिकेटमा पौडेलको व्यक्तिगत उच्च स्कोर १२६ रन हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 14 February 2023
Website | + posts