राष्ट्रिय क्रिकेट टोलीका कप्तान पौडेलद्वारा एकदिवसीय क्रिकेटमा एक हजार रन पुरा

राष्ट्रिय क्रिकेट टोलीका कप्तान पौडेलद्वारा एकदिवसीय क्रिकेटमा एक हजार रन पुरा : Icon Khabar

काठमाडौं, फागुन २ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पुरा गरेका छन् ।

आइसिसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय मैदानमा नामिबियाविरुद्ध ५५ रन बनाएर रोहित एकदिवसीय क्रिकेटमा १००० रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् ।

नेपालका लागि पौडेलले ३२ ओडीआई खेलेका छन् भने आजको यो खेलसँगै उनले ३३ खेल खेलेका छन् । उनले एकदिवसीयमा १ शतक र ६ अर्धशतक बनाएका छन् । एकदिवसीय क्रिकेटमा पौडेलको व्यक्तिगत उच्च स्कोर १२६ रन हो।

Published Date: 14 February 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग