राष्ट्रिय मुवाँथाइ प्रतियोगिता बिहीबारदेखि

राष्ट्रिय मुवाँथाइ प्रतियोगिता बिहीबारदेखि : Icon Khabar

काठमाडौँ, फागुन २ । नेपाल राष्ट्रिय मुवाँथाइ संघको आयोजनामा छैटौं राष्ट्रिय मुवाँथाइ प्रतियोगिता बिहीबारदेखि हुने भएको छ ।

प्रतियोगितामा ७ प्रदेश, नेपाल प्रहरी क्लब, नेपाल एपीएफ क्लब र एनआरएनएका ६० खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् ।

पुरुषमा ७ र महिलामा ३ गरी १० स्पर्धामा खेल हुनेछ । चारदिने प्रतियोगिताका खेलहरु कलंकीस्थित नेसनल बिज्नेस ट्रेड सेन्टरमा खेलाइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 14 February 2023
Website | + posts