तीनकुने घटना: ६१ जनाविरूद्ध मुद्दा

तीनकुने घटना: ६१ जनाविरूद्ध मुद्दा : Icon Khabar

काठमाडौँ, जेठ ११ । काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको आन्दोलनको घटनामा सरकारी वकिल कार्यालय काठमाडौंले ६१ जनाविरूद्ध मुद्दा चलाउने गरी अदालतमा मुद्दा लगेको छ।

आइतबार जिल्ला अदालत काठमाडौंमा सरकारी वकिलले मुद्दा दर्ता गर्न लागेको हो। प्रवक्ता एवं जिल्ला न्यायाधिवक्ता गोकुलबहादुर निरौलाका अनुसार ६१ जनाविरूद्ध आइतबार मुद्दा दर्ता गर्ने तयारी छ।

त्यसबाहेक ४ जना नाबालक पनि छन्। उनीहरूविरूद्ध सोमबार बाल अदालतमा मुद्दा दर्ता गर्न लागेको हो। ६१ जनामध्ये ५० जनाविरूद्ध राजद्रोहको मुद्दा दर्ता प्रक्रियामा छ।

त्यसबाहेक ११ जनाविरूद्ध आपराधिक उपद्रव कसुरमा मुद्दा दर्ता हुने भएको हो। यसमध्ये राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणाविरूद्ध पनि राजद्रोहमा मुद्दा दर्ता हुने भएको हो।

त्यस्तै गरी दुर्गा प्रसाईंसहित आठ जनाविरूद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता हुने भएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंले १०८ जनाविरूद्ध मुद्दा चलाउन राय दिएको थियो। कतिपयको परिचय र ठेगाना नखुल्ने गरी मुद्दा चलाउन राय दिएको थियो।

त्यसमा अभियोजन गरी सरकारी वकिलले ६१ जनाविरूद्ध मुद्दा चलाउन दर्ता गर्न लागेको हो। प्रहरीले उनीहरूमाथि संगठित अपराधमा अनुसन्धान गरिरहेको थियो।

Published Date: 25 May 2025


ताजा
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु