तीनकुने घटना: ६१ जनाविरूद्ध मुद्दा

तीनकुने घटना: ६१ जनाविरूद्ध मुद्दा : Icon Khabar

काठमाडौँ, जेठ ११ । काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको आन्दोलनको घटनामा सरकारी वकिल कार्यालय काठमाडौंले ६१ जनाविरूद्ध मुद्दा चलाउने गरी अदालतमा मुद्दा लगेको छ।

आइतबार जिल्ला अदालत काठमाडौंमा सरकारी वकिलले मुद्दा दर्ता गर्न लागेको हो। प्रवक्ता एवं जिल्ला न्यायाधिवक्ता गोकुलबहादुर निरौलाका अनुसार ६१ जनाविरूद्ध आइतबार मुद्दा दर्ता गर्ने तयारी छ।

त्यसबाहेक ४ जना नाबालक पनि छन्। उनीहरूविरूद्ध सोमबार बाल अदालतमा मुद्दा दर्ता गर्न लागेको हो। ६१ जनामध्ये ५० जनाविरूद्ध राजद्रोहको मुद्दा दर्ता प्रक्रियामा छ।

त्यसबाहेक ११ जनाविरूद्ध आपराधिक उपद्रव कसुरमा मुद्दा दर्ता हुने भएको हो। यसमध्ये राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणाविरूद्ध पनि राजद्रोहमा मुद्दा दर्ता हुने भएको हो।

त्यस्तै गरी दुर्गा प्रसाईंसहित आठ जनाविरूद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता हुने भएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंले १०८ जनाविरूद्ध मुद्दा चलाउन राय दिएको थियो। कतिपयको परिचय र ठेगाना नखुल्ने गरी मुद्दा चलाउन राय दिएको थियो।

त्यसमा अभियोजन गरी सरकारी वकिलले ६१ जनाविरूद्ध मुद्दा चलाउन दर्ता गर्न लागेको हो। प्रहरीले उनीहरूमाथि संगठित अपराधमा अनुसन्धान गरिरहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 25 May 2025
Website | + posts




ताजा
कोशी प्रदेशको पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
आज शनिबारको राशिफल
तिहारमा विदेशी फूलमाला ल्याएर बिक्री गरे महानगरले कारवाही गर्ने, स्वदेशी फूल बेच्न काठमाडाैंमा ताेकियाे ३२ स्थान


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित