मंगलबार नेप्से दोहोरो अंकले घट्यो, कारोबार रकममा पनि गिरावट

मंगलबार नेप्से दोहोरो अंकले घट्यो, कारोबार रकममा पनि गिरावट : Icon Khabar

काठमाडौं, फागुन २ । मंगलबार नेप्से परिसूचक घटेर बन्द भएको छ। आज नेप्से परिसूचक १६.४० अंक घटेर २१०५.४६ विन्दुमा झरेको छ। आज सेन्सेटिभ इण्डेक्स २.७४ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.२७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२८ अंक घटेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार ३ अर्बभन्दा बढीको शेयर कारोबार भएको बजारमा आज २५५ स्टकको ३६ हजार ८८० पटकको कारोबारमा १ अर्ब ७८ करोड ७० लाख रुपैयाँ बराबरको ४६ लाख ८५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

मंगलबार युनिलिभर नेपालको शेयरमूल्य सर्वाधिक ६.१२ प्रतिशत बढेको छ। कारोबारमा आएको बाराही हाइड्रोपावरको शेयरमूल्य आज सर्वाधिक ५.०७ प्रतिशत घटेको छ। अन्य स्टकहरुको मूल्य गिरावटदर भने ४ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा आज हिमालयन डिष्टिलरी शीर्ष स्थानमा रहेको छ। उक्त कम्पनीको ७ करोड ७५ लाख ६५ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, आज ङादी ग्रुपको ७ करोड ७४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने एनआईसी एशियाको करिब ७ करोडको शेयर किनबेच भएको छ।

मंगलबार १३ उपसमूह्मध्ये उत्पादन तथा प्रशोधन उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ०.३१ प्रतिशत बढेको छ। कारोबारमा आएका लगानी र लघुवित्त उपसमूहको परिसूचक मंगलबार १ प्रतिशतभन्दा बढी घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 14 February 2023
Website | + posts