मोहन बस्नेतको सांसद पद निलम्बनसँगै तलबभत्ताहरु पनि रोकिने

मोहन बस्नेतको सांसद पद निलम्बनसँगै तलबभत्ताहरु पनि रोकिने : Icon Khabar

काठमाडौं, जेठ १ । प्रतिनिधिसभा सदस्य मोहनबहादुर बस्नेत सांसद पदबाट निलम्बित हुने भएका छन् ।

सिन्धुपाल्चोक- २ बाट निर्वाचित कांग्रेस सांसद बस्नेतबिरूद्द विशेष अदालतमा भ्रष्टचारको मुद्दा दायर भएसँगै उनको पद निलम्बन हुने भएको हो ।

अब उनी संघीय संसद भवन र समितिहरूका बैठकमा भाग लिन पाउने छैनन्। उनको तलब भत्ता पनि रोकिनेछ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार बस्नेतसहित १६ जना व्यक्ति र दुई कम्पनीविरुद्ध विशेष अदालतमा ३ अर्ब ३१ करोड बढीको भ्रष्टाचार मुद्दा दायर गरेको छ

भ्रष्टाचार निवारण ऐनको दफा ३३ मा भ्रष्टाचार मुद्दा दायर भएसँगै सांसद पद निलम्बन हुने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 15 May 2025
Website | + posts