काठमाडौं, वैशाख २९ । भारतीय क्रिकेट टिमका पूर्वकप्तान विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्न्यास लिएका छन् ।
उनले सन्न्यास लिने तयारी गरेको यसअघि नै समाचारहरू आएका थिए । तर भारतीय क्रिकेट कन्ट्रोल बोर्डले उनलाई इंगल्यान्ड सिरिजअघि सन्न्यास नलिन सुझाएको थियो ।
कोहलीले सोमबार इन्स्टाग्राममार्फत टेस्ट क्रिकेटबाट सन्न्यास लिएको घोषणा गरेका हुन् । कोहलीले अब ओडीआई भने खेल्नेछन् । कोहलीले टेस्ट फर्म्याटमा १२३ खेलबाट ९ हजार २३० रन बनाए । जसमध्ये ३० खेलमा शतक बनाएका थिए भने ३१ खेलमा अर्धशतक बनाए ।
यसअघि, गत हप्तामात्रै रोहित शर्माले टेस्टबाट सन्न्यास लिएका थिए ।
Published Date: 12 May 2025-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1