विराट कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्न्यास

विराट कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्न्यास : Icon Khabar

काठमाडौं, वैशाख २९ । भारतीय क्रिकेट टिमका पूर्वकप्तान विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्न्यास लिएका छन् ।

उनले सन्न्यास लिने तयारी गरेको यसअघि नै समाचारहरू आएका थिए । तर भारतीय क्रिकेट कन्ट्रोल बोर्डले उनलाई इंगल्यान्ड सिरिजअघि सन्न्यास नलिन सुझाएको थियो ।

कोहलीले सोमबार इन्स्टाग्राममार्फत टेस्ट क्रिकेटबाट सन्न्यास लिएको घोषणा गरेका हुन् । कोहलीले अब ओडीआई भने खेल्नेछन् । कोहलीले टेस्ट फर्म्याटमा १२३ खेलबाट ९ हजार २३० रन बनाए । जसमध्ये ३० खेलमा शतक बनाएका थिए भने ३१ खेलमा अर्धशतक बनाए ।

यसअघि, गत हप्तामात्रै रोहित शर्माले टेस्टबाट सन्न्यास लिएका थिए ।

Published Date: 12 May 2025


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग