सोमबार सुनको भाउ प्रतितोला ३ हजार ७ सय रुपैयाँले घट्यो

सोमबार सुनको भाउ प्रतितोला ३ हजार ७ सय रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौँ, वैशाख २९ । सोमबार घरेलु बजारमा सुनको मूल्यमा उच्च गिरावट आएको छ । आज अघिल्लो दिनको तुलनामा सुनको मूल्य ३ हजार ७ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला १ लाख ८६ हजार ८ सय रुपैयाँमा भईरहेको छ । अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ५ सय रुपैयाा कायम थियो ।

सो दिन पनि सुनको मूल्य ३ सय रुपैयाँले ओरालो लागेको थियो । आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी १० रुपैयाँले घट्दै प्रतितोला १ हजार ९६० रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 12 May 2025
Website | + posts