आइतबार नेप्से परिसूचक ११.५३ अंकले घट्यो

आइतबार नेप्से परिसूचक ११.५३ अंकले घट्यो : Icon Khabar

काठमाडौं, वैशाख २८ । आइतबार सेयर बजार केही घटेको छ । यस दिन नेप्से सूचक ११.५३ विन्दुले घटेर २६५०.११ अंकमा अडिएको छ । १० अर्ब २० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ५ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् ।

यस दिन ३ सय कम्पनीको २ करोड ४० लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ६६ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा राधी हाइड्रोपावर अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः ङादी ग्रुप पावर र युनिभर्सल पावर परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 11 May 2025
Website | + posts