प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित

प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित : Icon Khabar

काठमाडौं, वैशाख २८ । संसद्को तल्लो सदन प्रतिनिधिसभाबाट सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम पारित भएको छ ।

आज आइतबारको प्रतिनिधिसभा बैठकबाट नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।

त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिएका थिए ।

नीति तथा कार्यक्रम अब संसद्को माथिल्लो सदन राष्ट्रियसभामा निर्णयार्थ प्रस्तुत हुनेछ ।

राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

Published Date: 11 May 2025


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी