काठमाडौं, वैशाख २८ । संसद्को तल्लो सदन प्रतिनिधिसभाबाट सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम पारित भएको छ ।
आज आइतबारको प्रतिनिधिसभा बैठकबाट नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।
त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिएका थिए ।
नीति तथा कार्यक्रम अब संसद्को माथिल्लो सदन राष्ट्रियसभामा निर्णयार्थ प्रस्तुत हुनेछ ।
राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
Published Date: 11 May 2025-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1