श्रीलंकामा तीर्थयात्री चढेको बस दुर्घटना हुँदा २१ जनाको मृत्यु

श्रीलंकामा तीर्थयात्री चढेको बस दुर्घटना हुँदा २१ जनाको मृत्यु : Icon Khabar

काठमाडौं, वैशाख २८ । श्रीलंकामा बौद्ध धर्मावलम्बी दर्जनौं तीर्थयात्री चढेको बस आइतबार दुर्घटना हुँदा २१ जनाको मृत्यु हुनुका साथै १४ जना गम्भीर घाइते भएका छन् ।

दशकौंयताकै सबैभन्दा खराब सडक दुर्घटनामध्ये एक सरकारी स्वामित्वको बस मध्य पहाडी क्षेत्र कोटमाले हुँदै जाँदै गर्दा बिहान सबेरै भीरबाट खसेको प्रहरीले जनाएको छ ।

उक्त बसमा क्षमताभन्दा २० बढी अर्थात् करिब ७० जना यात्रु सवार रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बस दुर्घटनाका कारणबारे अध्ययन भइरहेको स्थानीय प्रहरी अधिकारीलाई उदृत गर्दै एएफपीले लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 11 May 2025
Website | + posts