प्रिन्टिङ प्रणालीमा समस्या भएकोले लाइसेन्स छपाइ अनिश्चितकालका लागि बन्द

प्रिन्टिङ प्रणालीमा समस्या भएकोले लाइसेन्स छपाइ अनिश्चितकालका लागि बन्द : Icon Khabar

काठमाडौं, वैशाख २८ । यातायात व्यवस्था विभागले गर्दै आएको अत्यावश्यक लाइसेन्स छपाइ बन्द भएको छ ।

२५ वैशाखदेखि विभागको प्रिन्टिङ प्रणालीमा समस्या आएका कारण अनिश्चितकालका लागि यो सेवा बन्द भएको विभागले आइतबार सूचना जारी गर्दै जनाएको छ ।

विभागका अनुसार अध्ययन तथा रोजगारीका लागि विदेश जाने नेपाली नागरिक, शान्ति सेना मिसनमा जाने नेपाली सेना, प्रहरी र गैरआवासीय नेपालीका लागि अत्यावश्यक सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ हुँदै आएको थियो ।

यो काम अब अर्को सूचना प्रकाशन नभएसम्म बन्द भएको विभागको सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 11 May 2025
Website | + posts