आइतबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घट्यो

आइतबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौँ, वैशाख २८ । साताको पहिलो कारोबार दिन आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आइतबार घरेलु बजारमा सुनको मूल्य गत शुक्रबारको तुलनामा ३ सय रुपैयाँले घटेको छ ।

यो गिरावटसँगै सुनको कारोबार प्रतितोला १ लाख ९० हजार ५ सय रुपैयाँमा भईरहेको छ । गत शुक्रबार सुनको कारोबार प्रतितोला १ लाख ९० हजार ८ सय रुपैयाँमा भएको थियो ।

आज चाँदीको भाउ भने बढेको छ । चाँदीको मूल्य आज १० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९७० रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 11 May 2025
Website | + posts